Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोरोना संक्रमण रोकथाममा सधैं भद्रगोल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २८, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बेलैमा प्रतिकार्य योजना पूरा नगर्दा देशभर पुनः संक्रमण विस्तारको जोखिम बढेको छ । भारतबाट स्थल नाका हुँदै भित्रिनेलाई कडाइका साथ परीक्षणको दायरामा ल्याउने, नाकाबाट भित्रिनेको यकिन तथ्यांक संकलन गर्ने, खरिद गरिएका खोप नागरिकको पहुँचमा सहजै पु¥याउने काममा सरकार सुस्त देखिएको छ ।

 

क्वारेन्टिन: होल्डिङ सेन्टरलाई तयारी र चुस्त राख्न सरकारी तहबाटै बेवास्ता गरिँदा संक्रमणको जोखिम बढेको हो । हवाई मार्गबाट आउनेले पालना गर्नुपर्ने मापदण्ड बारम्बार फेरबदल हुँदा कसरी अघि बढ्ने भन्नेमा सरकारी निकाय नै अन्योलमा छन् । जोखिम बढेको भन्दै गृह मन्त्रालयले परिस्थितिअनुसार मापदण्डमा कडाइ गर्न र लकडाउनसम्मका आदेश दिने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइसकेको छ ।

 

कक्षा १ देखि १२ सम्म भौतिक उपस्थितिबाट पठनपाठन नगर्न सरकारले निर्देशन दिइसकेको छ । मंगलबार मात्रै उपत्यकाका तीनवटै प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेका छन् । तर, संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउने रणनीति भने प्रशासनिक बलका आधारमा मात्रै तय हुने विगतका घटनाले देखाउँछन् ।

 

सरकारले संक्रमण कम हुँदा सम्भावित जोखिमसँग जुध्ने गरी आवश्यक पहल गरेन । व्यापक खोप अभियान र अरू व्यवस्थापन सरकारको प्राथमिकतामा परेन । बरु दलहरू संक्रमण घटेको भन्दै भेला, जमघट, सभा÷सम्मेलन, विरोध कार्यक्रम तथा महाधिवेशनमा केन्द्रित भए । माओवादी महाधिवेशनपछि अध्यक्ष पुष्पकमल दाहाललगायत दर्जनौं नेता–कार्यकर्तामा संक्रमण पुष्टि भइसकेको छ ।

 

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् । संक्रमण बढ्दै गइरहेका बेला भारतबाट स्थल नाका हुँदै बिनास्वास्थ्य परीक्षण प्रवेश हुने क्रम रोकिएको छैन । यही अवधिमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि पुष्टि भयो । त्यसको असर पछिल्लो एक साताको संक्रमण दरले देखाउँछ । सरकार भने प्रशासनिक अधिकार प्रयोग गरेर जोखिम नियन्त्रणका उपाय खोज्नमै केन्द्रित भएको छ ।

 

गृह मन्त्रालयले सोमबार ७७ वटै प्रशासनलाई परिपत्र गर्दै जिल्लाको वस्तुस्थिति र अवस्थाअनुसार लकडाउन गर्नेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । तर, संक्रमण थप फैलिन नदिन र स्वास्थ्य संस्थाबाट सहज उपचार, परीक्षण तथा खोप व्यवस्थापनमा भने नागरिकले अझै सास्ती बेहोर्नु परिरहेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी संक्रमण फैलिन नदिन खोप तथा परीक्षणको दायरा बढाउने, नाकाबाट आउनेको निगरानी, कन्ट्याक्ट ट्रेसिङ, चापअनुसार क्वारेन्टिन तथा होल्डिङ सेन्टर व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘संक्रमणविरुद्ध जुध्न भीडभाड नगर्ने, मास्क÷सेनिटाइजर अनिवार्य प्रयोग र नाकाबाट आउनेलाई तोकिएको सर्तभित्र राखेर नियमन गर्ने विषयलाई कडाइका साथ लागू गर्न सकिएमा जोखिम कम गर्न सकिन्छ, यसका लागि सबै पक्षको एकीकृत पहल आवश्यक छ,’ उनले भने ।

 

नेपालमा संक्रमण रोकथाम गर्न भारतबाट प्रवेश गर्नेलाई सीमानाकामै होल्डिङ सेन्टर बनाएर व्यवस्थापन गर्न २०७८ वैशाख ६ मै निर्णय भए पनि अहिलेसम्म काम सम्पन्न भएको छैन । वैशाख १३ मा होल्डिङ सेन्टर बनाउने जिम्मा सेनालाई दिइएको थियो । सेनाले जग्गा व्यवस्थापन भएका ठाउँमा पुस मसान्तभित्र काम सक्ने गरी ठेक्का लगाएको थियो । तर, पूर्वतालिकाअनुसार काम अघि बढेन । सीमामा व्यवस्थित होल्डिङ सेन्टर र पर्याप्त जनशक्ति नहुँदा हेल्थ डेस्कमा सामान्य तापक्रम नापेर नेपाल प्रवेश गर्न दिइएको छ ।

 

झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म भारतीय सीमानजिकै ८ स्थानमा कम्तीमा १÷१ हजार बेड क्षमताका संरचना बनाउने निर्णय भएको थियो । होल्डिङ सेन्टरको भौतिक संरचनालाई ‘सेमी पर्मानेन्ट’ रूपमा बनाउने भनिएको थियो । आठ स्थानमा होल्डिङ सेन्टर बनाउन सेनालाई २ अर्ब १० करोड ६२ लाखभन्दा बढी रकम उपलब्ध गराइएको थियो । तर, निर्माण नसकिँदा भारतबाट आउनेलाई सहजै होल्डिङ सेन्टरमा राखेर ‘स्क्रिनिङ’ गर्न कठिन देखिएको छ । एन्टिजेन्ट परीक्षण, ज्वरो मापन, अन्य औषधोमूलो र स्वास्थ्यकर्मीसमेतलाई खटाएर होल्डिङ सेन्टर सञ्चालन गर्ने भनिएकामा अझै सञ्चालनको सुरसार छैन ।

 

गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले सीमा क्षेत्रमा निर्माणाधीन होल्डिङ सेन्टर निर्माणको काम सक्न निर्देशन दिइएको बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आन्तरिक छलफल र समीक्षामा सेनाले काम छिटो सक्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने । भारतबाट आउनेलाई कोरोना संक्रमण भए÷नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने तथा अवस्था हेरेर अस्पताल÷आइसोलेसन पठाउने निर्णय लिनुअघि होल्डिङ सेन्टरमा राख्ने भनिएको थियो । होल्डिङ सेन्टर निर्माणको काम सक्ने र कार्यविधि बनाएर सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको प्रवक्ता कोइरालाले बताए । होल्डिङ सेन्टरलाई आफ्नै सुरक्षा र व्यवस्थापनमा सञ्चालन गर्नुपर्ने प्रस्ताव सेनाले राखेको छ । तर, कार्यविधि बनेपछि मात्रै सञ्चालन÷सुरक्षा र व्यवस्थापनबारे निर्क्योल हुने कोइरालाको भनाइ छ ।

 

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले सीमाबाट हुने आवागमन केन्द्रित प्रतिकार्य योजनालाई ध्यान दिन सके संक्रमण रोकथाममा सहज हुने बताए । तर, एकातिर खुला सिमाना, अर्कोतिर परीक्षण÷नियमन तथा उनीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापन नहुँदा जोखिम थपिएको छ । हवाई र स्थलमार्ग हुँदै आउनेलाई नाकामै एन्टिजेन्ट परीक्षण गरेर भित्र्याउन दिने तथा संक्रमितलाई आवश्यक मात्रामा क्वारेन्टिन, आइसोलेसन र होल्डिङ सेन्टर व्यवस्थापन गर्नककपर्ने उनको भनाइ छ । उनले विदेशबाट आउने र जानेलाई स्वागत÷बिदाइका लागि विमानस्थलमा भीडभाड नगर्न पनि आग्रह गरे ।

 

लक्ष्य हासिल गर्न कठिन

सम्बन्धित जिल्ला प्रशासनको संयोजनमा सरकारी÷सार्वजनिक गरी आठ ठाउँमा जग्गा व्यवस्थापन गरी होल्डिङ सेन्टर निर्माणको निर्णय भएको थियो । नाकामा बन्ने संरचना अर्धस्थायी र बहुउपयोगी हुने सेनाले जनाएको छ । यी संरचनामा सय बेड अक्सिजन सुविधासहितका हुने भनिएको छ । झापाको मेचीनगर नगरपालिका–१४ स्थित हडिया बगर क्षेत्र, मोरङको विराटनगर रानीस्थित जुटमिलको खाली जग्गा, पर्साको वीरगन्जस्थित भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको २ बिघा १० कट्ठा जग्गामा होल्डिङ सेन्टर निर्माणाधीन छन् ।

 

 

सरकारले झापामा संरचना बनाउन २८ करोड २६ लाख ८७ हजार ४ सय ६४ रुपैयाँ विनियोजन गरेकामा ५५ प्रतिशत मात्रै काम सकिएको छ । मोरङको रानीस्थित जुटमिलको खाली जग्गामा संरचना बनाउन २८ करोड ९१ लाख ३१ हजार ६ सय ९४ रुपैयाँ विनियोजन गरिएकामा अहिलेसम्म काम सुस्त छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्माणकार्य भइरहे पनि सम्पन्न हुन अझै समय लाग्ने बताए । उनका अनुसार पर्सामा २७ करोड ९१ लाख ७१ हजार ५ सय २४ रुपैयाँ विनियोजन भएको छ । अझै एकतिहाइ काम बाँकी छ ।

 

 

रूपन्देहीको भैरहवामा ३ बिघा व्यवस्थापन भए पनि काम अघि बढ्न नसकेको प्रजिअ ऋषिराम तिवारीले बताए । स्थानीयले सार्वजनिक जग्गामा खेतीपाती गरेर बसेका कारण निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । रूपन्देहीका लागि सरकारले १० करोड ४० लाख विनियोजन गरेकामा काम सुरु नै भएको छैन । कपिलवस्तुको कृष्णनगरमा भन्सार कार्यालयको २ बिघा १२ कट्ठा १७ धुर जग्गामा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । प्रजिअ चक्रपाणि पाण्डेले काम भइरहे पनि सञ्चालनमा आउन समय लाग्ने बताए । त्यहाँ ६ सय बेड र शिवापुरमा ४ सय बेड क्षमताको संरचना अन्तिम चरणमा पुगेको छ । यसका लागि २७ करोड ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयाँ विनियोजन भएको थियो ।

 

बाँकेको जमुनाह नाकानजिकै एकीकृत जाँच चौकीको पूर्वदक्षिणतर्फको खाली जग्गामा होल्डिङ सेन्टर बनिरहेको छ । प्रजिअ सूर्यबहादुर खत्रीले ठेकेदारले पुस मसान्तभित्र संरचना हस्तान्तरण गर्ने बताए । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीका अनुसार गौरीफन्टा नाका हुँदै भित्रिनेका लागि पुस मसान्तभित्र होल्डिङ सेन्टरको काम सम्पन्न गर्ने भनिएको थियो । तर, अहिलेसम्म १ हजार बेडमध्ये डेढ सय मात्रै निर्माण भएका छन् ।

 

लक्ष्यअनुसार काम सम्पन्न हुन कठिन रहेको उनी बताउँछन् । भारतबाट दैनिक हजारको हाराहारीमा मानिस भित्रिन्छन्, विभिन्न स्थानमा अस्थायी संरचनामा राखेर ज्वरो मापन, एन्टिजेन्ट परीक्षणलगायतको काम भइरहेको छ तर स्थायी संरचना नहुँदा व्यवस्थापनमा कठिनाइ देखियो,’ उनले भने ।

 

गौरीफन्टाबाट भित्रिनेका लागि धनगढी–३ स्थित ज्ञानज्योति सामुदायिक वन र बडहरा कालिका नगरको जग्गामा संरचना बनाउन सरकारले २८ करोड ८१ लाख १२ हजार ३ सय १८ रुपैयाँ विनियोजन गरेको थियो ।

 

कञ्चनपुरको भीमदत्त–१८ भगतपुरस्थित भीमदत्त नगर विकास समितिको जग्गामा होल्डिङ सेन्टर बनाउन सरकारले २९ करोड २४ लाख ९९ हजार ८ सय १५ विनियोजन गरेकामा त्यहाँ पनि तोकिएको समयमा काम सकिने छाँट छैन ।

(ekantipur.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
इन्धनको भाउ यथावत्

इन्धनको भाउ यथावत्

असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व