सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलेसियाले श्रमिक भर्ना गर्नका लागि आवेदन खुला गर्ने

श्रमिकको सबै खर्च रोजगारदाताले नै बेहोर्ने व्यवस्था

काठमाडौँ — मलेसियाले नेपालसहित देशबाट श्रमिक भर्ना गर्नका लागि रोजगारदाताहरूले आवेदन खुला गर्ने भएको छ । मलेसियाका मानव संसाधन मन्त्री सेरी साराभनानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहितका स्रोत मुलुकबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गर्ने जनाएका हुन् ।

 

‘निकट भविष्यमा नै रोजगारदाताहरूले स्रोत देशबाट श्रमिक भर्नाका लागि अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाएको छु,’ उनले भनेका छन्, ‘रोजगारदाताले आवेदन दिनका लागि बिचौलिया वा तेस्रो पक्षलाई अनावश्यक खर्च नगर्न अनुरोध गर्दछु ।’

 

विदेशबाट श्रमिक भर्नाका लागि रोजगारदाताले मानव संसाधन मन्त्रालयबाट अनुमति लिएपछि मात्रै म्यानपावर कम्पनीका लागि मागपत्र बनाउन पाइन्छ । रोजगारदाताले कुन देशबाट कति श्रमिक ल्याउने भनेर मन्त्रालयबाट अनुमति लिनुपर्छ । त्यो आवेदन लिने कार्य डेढ वर्षदेखि रोकिएको छ । मलेसियाले २०७६ को चैतको पहिलो सातादेखि नेपालबाट श्रमिक भर्ना गरेको छैन ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मन्त्री सारभनानले आवश्यक श्रमिक मात्रै माग गर्न अनुरोध गरेका छन् । मलेसियाले गत डिसेम्बर १० तारिख श्रमिकको अभाव भएको भन्दै स्रोत देशबाट कृषि, उत्पादन, सेवा, निर्माण र घरेलु श्रमिकमा श्रमिक आपूर्ति गर्न अनुमति दिने निर्णय गरेको थियो । त्यो निर्णयलाई कार्यान्वयन गर्न १४ डिसेम्बरमा मापदण्ड (एसओपी) बनाएको थियो ।

 

Dirghayu Ads

एसओपीअनुसार मलेसिया पुगेपछि भने श्रमिकहरू सरकारबाट अनुमति प्राप्त क्वारेन्टिनमा सात दिन बस्नुपर्नेछ । श्रमिकहरू क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्न पाइनेछ । मलेसियाले श्रमिकको सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था मिलाएको छ ।

 

नयाँ श्रमिक जान नपाएपछि मलेसियामा नेपालीको संख्या दिनहुँ घटिरहेको छ । नेपालसहित विदेशी श्रमिक भर्ना गर्न नपाएपछि मलेसियामा अलेखबद्ध (गैरकानुनी हैसियत) मा कार्यरत श्रमिकलाई कानुनी हैसियत प्रदान गरी रोजगार दिने नीति ल्याएको थियो । यो नीतिमा नेपाली श्रमिक आकर्षित हुन सकेनन् । कम्तीमा १० हजार अलेखबद्ध नेपाली श्रमिक स्वदेश फिरिसकेका छन् ।

 

(ekantipur.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.