सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेला, महोत्सव, भेला, सम्मेलन स्थगित गर्न आग्रह

कास्कीमा स्थानीय स्तरमा भइरहेका मेला, महोत्सव लगायतका कार्यक्रम सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नेपालमा सङ्क्रमण देखिएपछि क्रमशः दिनप्रतिदिन उच्च रूपमा सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मेला महोत्सव लगायतका कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

 

प्रशासनले कोभिडको सङ्क्रमण र मृत्युदर बढ्न थाले पछि त्यसलाई बल पुग्ने खालका मेला, महोत्सव लगायतका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रशासनले आम नागरिकको स्वास्थ्य सुरक्षा, दैनिक जीवन प्रति सजग भई जिम्मेवार बन्दै कोभिडको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्न राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग आग्रह गरेको छ । मुलुक महामारीको जोखिममा रहेकाले नागरिकमा स्वास्थ्य सुरक्षामा जोखिम बढ्ने गरी भेला, सभा, सम्मेलन, मेला, महोत्सव लगायतका कुनै पनि कार्य नगर्न आग्रह गरिएको प्रजिअ आयार्यले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन अनुसार पूर्व निर्धारित मेला, महोत्सव लगायतका भिडभाडजन्य कार्यक्रम स्थगित गर्ने संघसंस्था प्रति प्रशासनले धन्यवाद समेत ज्ञापन गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कास्की लगायत प्रदेशका अन्य जिल्लाहरूमा केही दिनदेखि क्रमशः कोरोना सङ्क्रमण उच्च रूपमा वृद्धि भएको छ । शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना सङ्क्रमित देखिएकोमा आइतबार प्रदेशका ३८ जना सङ्क्रमित भेटिएको थियो । त्यस्तै सोमबार फेरी त्यो सङ्ख्या बढेर ७० पुगेको थियो भने मंगलबार प्रदेशमा ११४ जनामा सङ्क्रमण देखिएको छ । मंगलबार देखिएका सङ्क्रमित मध्ये कास्कीमा मात्र ७५ जना रहेका छन् । बागलुङ ५, स्याङजा ८,म्याग्दी ४, गोरखा ६, तनहुँ ७ र नवपरासी पूर्वमा ९ जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८८ हजार ७६० पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय २८ पुगेको छ । प्रदेशमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ९७६ रहेको छ भने ३५७ सक्रिय सङ्क्रमित रहेका छन् । ति मध्ये ३३६ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो हप्तामा बढेको सङ्क्रमितको तुलना गर्दा प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको अनुमान गर्न सकिन्छ ।

 

 

(रातोपाटीबाट साभार)

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.