एमाले कञ्चनपुरका युवा नेता तथा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले एमाले जिल्ला सचिवमा उम्मेदवारी दर्ता गराएका छन । चन्दले बीर बहादुर थापा (पातल) प्यानलबाट सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन । चन्द एमालेमा लामो समयदेखि सकृय राजनीतिमा छन । उनी युवा र मेयर भएपछि दिगो विकासका योजना संचालनमा लोकप्रिय मानिन्छन ।
पार्टीलाई थप बलियो बनाउँन सहमती हुन नसकेपछि एमाले कञ्चनपुरको नेतृत्व, पदाधिकारी सहित जिल्ला कार्य समिति अब चुनावी प्रकृयामा गएको छ । उम्मेदवार चन्दले सबै मतदाताहरुलाई मत माग्दै सहि नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनु भयो ।









Discussion about this post