सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. पुष २६, २०७८ । ई.सं. १० जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलाथ्व । राक्षस, दक्षिणायन, हेमन्त । सोमबार पौष शुक्लपक्ष । तिथि– अष्टमी, १६ः१४ बजे उप्रान्त नवमी । नक्षत्र– रेवती, १२ः५७ बजे उप्रान्त अश्विनी । योग– शिव, १४ः४९ बजे उप्रान्त सिद्ध । करण– वव १६ः१४ बजेदेखि वालव, २८ः४१ बजे उप्रान्त गर । चन्द्रराशि मीन । आनन्दादि योग मातंग । दिनमान २६।०८ । सूर्योदय ६ः५८ । सूर्यास्त १७ः२५ । ध.पञ्चक स. १२.५७, अष्टमीव्रत, गोरखकालीपूजा, श्रीश्वेतमत्स्येन्द्रनाथ स्नान, जनवहाद्यन्हव ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

Dirghayu Ads

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घुमफिरमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ, तर स्वास्थ्यको भने ख्याल राख्नु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पुँजी बजारंबाट लाभ हुणे र कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँनयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो विचार विपरित निर्णय हुनसक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने र प्रेममा दूरी समेत आउन सक्छ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्य मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय पनि बित्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै न कुनै कुराले मनमा शान्ति मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शत्रुहरू पनि पराजित हुनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला, तर स्वास्थ्यको ख्याल राख्नु पर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.