Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लसुन, चुकन्दर र खरबुजाले साँच्चै रक्तचाप नियन्त्रण गर्छ ? 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चुकन्दर, लसुन र खरबुजा खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ ? धेरैले यसले नियन्त्रण गर्ने दाबी गर्छन् तर यसमा वास्तविकता छ त ? ब्रिटेनका डाक्टर क्रिस वान टुल्लेकेनले यो दाबीमाथि अनुसन्धान गरेका छन् र यसको वास्तविकताबारे जानकारी दिएका छन् ।

मुटुका रोगीका लागि उच्च रक्तचाप एउटा निकै ठूलो खतरा हो । बेलायतमा यो रोगबाट सबैभन्दा धेरैको मृत्यु हुन्छ ।

यदि यी तीनै चिजको विषयमा गरिएको दाबी सही हो भने यी खाद्य पदार्थ असाध्यै ठूला ‘जीवन रक्षक’ साबित हुनसक्छन् ।

किङ्ग्स कलेज लण्डनका डा. एन्डी वेब पनि यी खाद्य पदार्थको विषयमा गरिएको दाबीको वास्तविकता परीक्षण गर्नका लागि एउटा ठूलो स्तरमा प्रयोग गरिरहेका छन् ।

वास्तवमा यी सबैको असर कस्तो हुन्छ भनेर उनले बुझ्ने कोसिस गरे ।

कसरी गरियो यो प्रयोग ?

यो प्रयोगमा रक्तचापको समस्यासँग जुधिरहेका २८ स्वयंसेवकलाई छानियो । यी सबैको अधिकतम रक्तचाप १३० एमएमभन्दा बढी थियो जबकी कुनै वयस्क व्यक्तिमा यो १२० हुनुपर्छ । यी सबैलाई तीन समूहमा बाँडियो ।

पहिलो हप्ता समूह १ का व्यक्तिलाई हरेक दिन लसुनका दुईवटा दाना खाना दिइयो । समूह २ लाई खरबुजाका दुई ठूला टुक्रा दैनिक खुवाइयो । यस्तै समूह ३ का हरेक सदस्यलाई प्रतिदिन दुईवटा चुकन्दर खान दिइयो ।

दोस्रो र तेस्रो हप्तामा हरेक समूहलाई खुवाइने चिजलाई एक–अर्कासँग फेरियो । यसरी तीन हप्ताका बेला हरेक समूहका सबै सदस्यले तीनैवटा चिज खाए ।

लसुन, चुकन्दर र खरबुजामा यस्तो के खास छ ?

हामी मिडियामा चल्ने शब्द ‘सुपरफुड्स’ लाई महत्व दिँदैनौँ तर खानपिनका थुप्रै चिजले हाम्रो शरीरमा निकै राम्रो प्रभाव पार्ने कुरा भने साँचो हो ।

त्यसैले हामीले यी तीनै चिजको परीक्षण गर्यौँ जसले रक्तचाप नियन्त्रणमा राख्छ भन्ने मान्यता राखिन्छ ।

सैद्धान्तिक रुपमा खानपिनका यी तीनै चिजले हाम्रो रक्तचापलाई कम गर्छ ।

यी खानेकुरा खाँदा हाम्रो रगतको नली चौडा हुन्छ जसका कारण हाम्रो रगत निकै सजिलै बग्न सक्छ । तर यी तीनै चिजको असर एकै खालका हुँदैनन् ।

परीक्षणको नतिजा कस्तो रह्यो ?

हरेक सहभागीको रक्तचापलाई दिनमा दुई पटक बिहान र बेलुका मापन गरियो । हरेक पटक तीनवटा आँकडा लिइयो र त्यसको औसत निकालियो । त्यसपछि यी तीनै खाद्य पदार्थको प्रभाव जान्न सम्भव हुनसक्यो । यी आँकडाबाट थाहा हुन्छ कि आखिर कुन खाद्य पदार्थको सबैभन्दा बढी असर भइरहेको छ ।

यो प्रयोगका बेला समूहका सबै सदस्य जब सामान्य जीवन बाँचिरहेका थिए उनीहरुको औसत रक्तचाप १३३.६ एमएम पाइयो । चुकन्दर खाने समूहका औसत रक्तचाप १२८.७ एमएम पाइयो जबकी लसुन खानेहरुको १२९.३ एमएम । यो छोटो समूहमा गरिएको प्रयोगको आँकडा डा. वेब र अन्यद्वारा गरिएको ठूला अध्ययनको नतिजासँग मेल खाइरहेका छन् ।

उच्च रक्तचाप र मुटुको रोगका बीच सम्बन्धमा गरिएको यी अध्ययनबाट थाहा भएको थियो कि उच्च रक्तचापमा भएको यो गिरावट यदि यस्तै भइरहे स्ट्रोक र हृदयघातको खतरा १० प्रतिशतसम्म घट्न सक्छ ।

खरबुजाको खासै ठूलो प्रभाव देखिएन । यसको रक्तचापको अधिकतम सीमा केवल १२९.८ एमएमसम्म मात्रै पाइयो । यस्तो सायद यसकारण कि खरबुजामा धेरैजसो पानी मात्रै हुन्छ र यसमा सक्रिय तत्वको कमी हुने गर्छ ।

प्रयोगबाट हामीले के पायौँ ?

हाम्रो यो सानो अध्ययनले के बताउँछ भने नियमित रुपमा चुकन्दर र लसुन खाँदा हाम्रो रक्तचाप घट्न मद्दत हुन सक्छ । तर यस्तो यी दुई चिज खाँदा मात्रै हुने होइन ।

चुकन्दरमा मुख्य रुपमा जुन नाइट्रेन पाइन्छ, त्यो उदाहरणका लागि विभिन्न हरिया सागसब्जी जस्तै ज्वानो, बन्दागोभी, पालुङ्गो, ब्रोकली आदिमा पाइन्छ ।

यस्तै, लसुनमा मुख्य रुपमा एलिसिन हुन्छ, जुन प्याज र तीजस्तै अन्य प्रजातिमा प्रचुर मात्रामा पाइन्छ ।

यो परीक्षणबाट हामीलाई थाहा भएको छ कि यस्तो थुप्रै चिज छन् जसले हाम्रो रक्तचापलाई कम राख्न मद्दत गर्न सक्छ । तर यसको असर कति प्रभावकारी हुनेछ, त्यसलाई हामीले कसरी प्रयोग गर्छौँ, त्यसमा निर्भर हुनेछ ।

तरकारी र सागमा हुने नाइट्रेटलाई कसरी जोगाउने ?

– सलाद र तरकारी काँचै खानुहोस् । तरकारीमा पाइने नाइट्रेट त्यतिबेला सुरक्षित पाइन्छ जब ती पकाइँदैन । जब ती पकाइन्छ वा भुटिन्छ तब नाइट्रेटको मात्रा कम हुन्छ ।

– नाइट्रेट पानीमा घोलिन्छ । त्यसैले जब हामी यी तरकारी र सागलाई उमाल्छौं तब त्यसमा भएका केही नाइट्रेट पानीमा घोलिन्छ । यसको अचार बनाउँदा पनि नाइट्रेट बर्बाद हुन्छन् ।

– यदि तपाईं चुकन्दर उमाल्नुहुन्छ भने त्यसलाई उसकै स्वरुपमा उमाल्नुहोस् । यदि उमाल्नु अघि त्यसको माथिल्लो वा तल्लो भाग काट्नुहुन्छ भने गलत हुनेछ ।

– चुकन्दरको रस पिउनुहोस्, त्यसको रसमा अधिकांश नाइट्रेट सुरक्षित हुन्छ ।

– सुप बनाएर खानुहोस् । पानीमा घोलिने नाइट्रेट घोलिएर पनि सुपमा नै हुन्छ । त्यसैले सुप पिउनु ठिक हुन्छ ।

– तरकारी र सागलाई उमाल्नुभन्दा त्यसलाई बाफमा पकाएर खानुहोस् । यदि उमाल्नु नै ठिक लाग्छ भने कम पानीमा उमाल्नुहोस् । उमालेपछि बाँकी भएको पानीको प्रयोग सुप वा अन्य चिज बनाउन प्रयोग गर्नुहोस् ।

लसुनको प्रयोग कसरी गर्ने ?

– लसुनलाई जति सम्भव छ त्यति पिस्नुहोस्, त्यसलाई जति सक्दो मसिनो गरी काट्नुहोस् । तपाईं त्यसलाई जति राम्रोसँग पिस्नुहुन्छ वा काट्नुहुनछ त्यसबाट त्यति नै धेरै एलिसिन निस्कनेछ ।

– पिसेपछि वा काटेपछि लसुनलाई जति छिटो उपयोगमा ल्याउनुहोस् । सुप वा खानका लागि तयार गरिएको तरकारीमाथि हालेर यसको प्रयोग गर्न सकिन्छ । टोस्ट वा च्याउजस्ता खानेकुरामा पनि यसको प्रयोग गर्न सक्नुहुन्छ ।

– तपाईंले ताजा लसुनलाई पिस्ने वा काट्ने बित्तिकै त्यसमा भएको एलिसिन तीब्र रुपमा खराब हुन थाल्छ ।

–माइक्रोवेबमा लसुन नराख्नुहोस् । आँचमा एलिसिन निकै तीब्र रुपमा खराब हुन्छ तर माइक्रोवेवमा त यो पूरै बर्बाद नै हुन्छ ।

चेतावनी : लसुनको असाध्यै धेरै प्रयोग पनि स्वास्थ्यका लागि ठिक होइन । अत्यधिक लसुनको सेवनले जलन र पाचन खराब हुनसक्छ ।

जीवनशैली फेरिँदा पनि कम हुन्छ उच्च रक्तचापः

थुप्रै मानिस आफ्नो जीवनशैली फेरेर केही हप्तामा नै आफ्नो उच्च रक्तचाप घटाउन सफल भएका छन् । यसका बिरामीले यी निम्न कुरा गर्नुपर्छः

– शारीरिक रुपमा सक्रिय

– स्वस्थकर खानपिन । काम बोसो भएका खाना, खानामा सबै तत्वको सन्तुलन होस्, पर्याप्त हरियो साग र तरकारी खानुहोस्

– रक्सी र धुम्रपानबाट टाढा नै बस्नुहोस्

– तौललाई नियन्त्रणमा राख्नुहोस्

– दैनिक ६ ग्रामभन्दा बढी नुन नखानुहोस्

– कफी, चिया वा चिसो पेयर पदार्थ निकै कम सेवन गर्नुहोस् । दिनमा चार कपभन्दा बढी कफी पिउँदा रक्तचाप बढ्ने खतरा हुन्छ ।

रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व