सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसदको अवरोध हटाउन सहमति आवश्यक : रामचन्द्र पौडेल

197
Sana Kishan

सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजी गर्नुपर्ने बताएका हुन्।

Arus

उनले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए। उनले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताए।

Karnali Traders

उनले भने, ‘नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने मेरो भनाइ हो। सबै नेताहरुलाई मैले अनुरोध ग¥या छु। सहमति, सम्झौता बिन्दु खोजौँ।’

संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताए।

आफूले सुझावहरु समेत पेश गरेको भन्दै उनले सो सुझावहरुको विषयमा पनि छलफल गरिने उल्लेख गरे। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.