सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धरान छुट्टै विशेषता बोकेको सहर : प्रधानमन्त्री शेरबहादुर देउवा

92
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताउनुभएको छ । आज मङ्गलवार धरान सहर एक सय २१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बताउनुभयो ।

आफ्नै विशिष्टताका कारण धरानले आफ्नो एक सय २१ औँ उत्सव मनाउन पाएको भन्दै उहाँले धरानको समग्र विकासका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

Arus

प्रधानमन्त्री देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको समस्याबारे सरकारले अध्ययन गरिरहेको र चाँडै निकास निकाल्ने बताउनुभयो । प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रतिष्ठान सुधारमा सरकार लागिपरेको बताउनुभयो । उहाँले धरानलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाइने बताउनुभयो ।

नेपाली कांग्रेसको सभापतिसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टीका नेता तथा कार्यकर्ता एक भएर अगाडि बढेमा मात्र पार्टीमा एकता कायम हुने उहाँको भनाइ थियो ।

Karnali Traders

सांसद जयकुमार राईले प्रधानमन्त्रीलाई धरानमा खानेपानी र बेरोजगारी समस्याका कारण व्यापारी, उद्योगी बसाइँ सरेको जानकारी गराउनुभएको थियो । उहाँले धरानको ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री देउवाले सुनसरीको धरान–६ मा भेन्टर वेभ टु इनर्जी कम्पनीको झन्डै २६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको फोहर व्यवस्थापन केन्द्रको उदघाटन गर्नुभयो ।

यो कम्पनीले निर्माण गर्न लागेको फोहर व्यवस्थापन केन्द्रबाट धरान उपमहानगरपालिकामा हुने फोहरलाई प्रशोधन गरेर ग्यास उत्पादन गर्ने र उत्पादित ग्यास उपभोक्तालाई बिक्री–वितरण गर्ने तयारी रहेको छ । बीस वर्षपछि यो प्रशोधन केन्द्र उपमहानगरपालिकालाई कम्पनीले हस्तान्त्रण गर्नेछ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले धरान–२ मा रहेको नेपाली काङ्ग्रेस नगर पार्टी कार्यालयको समेत उद्घाटन गर्नुभएको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.