Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धरान छुट्टै विशेषता बोकेको सहर : प्रधानमन्त्री शेरबहादुर देउवा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताउनुभएको छ । आज मङ्गलवार धरान सहर एक सय २१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बताउनुभयो ।

आफ्नै विशिष्टताका कारण धरानले आफ्नो एक सय २१ औँ उत्सव मनाउन पाएको भन्दै उहाँले धरानको समग्र विकासका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको समस्याबारे सरकारले अध्ययन गरिरहेको र चाँडै निकास निकाल्ने बताउनुभयो । प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रतिष्ठान सुधारमा सरकार लागिपरेको बताउनुभयो । उहाँले धरानलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाइने बताउनुभयो ।

नेपाली कांग्रेसको सभापतिसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टीका नेता तथा कार्यकर्ता एक भएर अगाडि बढेमा मात्र पार्टीमा एकता कायम हुने उहाँको भनाइ थियो ।

सांसद जयकुमार राईले प्रधानमन्त्रीलाई धरानमा खानेपानी र बेरोजगारी समस्याका कारण व्यापारी, उद्योगी बसाइँ सरेको जानकारी गराउनुभएको थियो । उहाँले धरानको ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री देउवाले सुनसरीको धरान–६ मा भेन्टर वेभ टु इनर्जी कम्पनीको झन्डै २६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको फोहर व्यवस्थापन केन्द्रको उदघाटन गर्नुभयो ।

यो कम्पनीले निर्माण गर्न लागेको फोहर व्यवस्थापन केन्द्रबाट धरान उपमहानगरपालिकामा हुने फोहरलाई प्रशोधन गरेर ग्यास उत्पादन गर्ने र उत्पादित ग्यास उपभोक्तालाई बिक्री–वितरण गर्ने तयारी रहेको छ । बीस वर्षपछि यो प्रशोधन केन्द्र उपमहानगरपालिकालाई कम्पनीले हस्तान्त्रण गर्नेछ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले धरान–२ मा रहेको नेपाली काङ्ग्रेस नगर पार्टी कार्यालयको समेत उद्घाटन गर्नुभएको थियो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व