सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोठाभित्र आगो ताप्दा यी कुरामा ख्याल गरौं !!

108
Sana Kishan

देशका अधिकांश भागमा जाडो निक्कै बढेको छ । जाडो बढेसँगै ग्यास गिजर, हिटर र कोइलाको प्रयोग पनि बढेको छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाएपनि यसको प्रयोगमा सावधानी नअपनाउँदा दिनहुँजसो नै दुर्घटनाका खबर सुनिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर, कोइला बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिन्छ ।

Arus

एकाबिहानै नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको खबरले पुसे पन्ध्र खल्लो भएको छ । अन्य तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको अपडेट छ ।

बढ्दै गएको चिसो र झरीले गर्दा आवश्यक सावधानी नपनाइकन कोठाभित्र आगो ताप्दा यस्ता घटनाहरु बारम्बार दोहोरिरहन्छन् । हामी आफैं वा आफन्त पनि यो घटनाको भागिदार हुनसक्ने सम्भावना रहन्छ, त्यसैले सावधानी आवश्यक छ ।

झरी परेपछि चिसो छेक्नका लागि पुस १४ गतेको साँझदेखि सात जनाले एउटै कोठामा कोइला बालेर तापेको र राति निभाएर सुतेको भन्ने कुरा बाहिर आएको छ । तर पनि ढोका थुनेर सुत्दा अक्सिन अभावमा त्यो सबै घटना भएको अनुमान लगाउन सकिन्छ । मकलमा कोइला बालेर कोठा तताएको जस्तो देखिन्छ । र, यसरी ढोका थुनेर सुत्दा कार्बनमोनोअक्साइड पोइजनिङले गर्दा गम्भीर असर पु¥याएको देखिन्छ ।

के हो कार्बनमोनोअक्साइड पोइजनिङ ? किन हुन्छ कोठाभित्र आगो बाल्दा मृत्यु ?

कार्बनमोनोअक्साइड रंगविहीन र गन्धविहीन हानिकारक ग्यास हो । यो प्रायः हिटर बाल्दा, आगो बाल्दा, जेनेरेटर चलाउँदा, ग्रिल्स चारकोल चलाउँदा उब्जिने गर्छ । जब भेन्टिलेसन राम्रो नभएको ठाउँमा कार्बनमोनोअक्साइड उब्जिन्छ त्यो त्यही कन्सन्ट्रेटेड भएर जम्मा हुन्छ । अनि जब अक्सिजनको सट्टामा सास फेर्दा कार्बनमोनोअक्साइड लिन्छौं, कार्बनमोनोअक्साइड सिधै रगतमा जान्छ (अक्सिजनको भन्दा कार्बनमोनोअक्साइडको हेमोग्लोबिनसँग बाइन्ड गर्ने क्षमता बढी हुन्छ) र बेहोस हुँदै मृत्यु समेत हुन सक्छ।

जाडोयाममा प्रायःजसो कोठा न्यानो बनाउन झ्याल ढोका बन्द गर्ने गर्छौं र मकलमा आगो बाल्छौं । जसले त्यसबाट निस्कने कार्बनमोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ । जब अक्सिजन भन्दा बढी कार्बनमोनोअक्साइडको मात्रा बढ्छ, यसलाई नै कार्बनमोनोअक्साइड पोइजनिङ भनिन्छ ।

टाउको दुख्ने, कमजोरी हुने, वाकवाकी, बान्ता हुने, सास फेर्न गाह्रो हुने, निर्णय लिन नसक्ने जस्ता लक्षणहरु कार्बनमोनोअक्साइड पोइजनिङमा देखिन्छन् ।

जाडो महिनामा आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु

–कोठामा अक्सिजन राम्ररी पास हुन सक्ने भेन्टिलेसनको व्यवस्था गरौं ।

Karnali Traders

–हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने गरौं ।

–कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

–आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।

–जब शरीरमा कार्बनमोनोअक्साइड बढ्दै गएर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याहरु देखिन शुरु हुन्छन्, हेल्चेक्र्याइँ नगरी अक्सिजन पर्याप्त प्राप्त हुने स्थानमा पुगौं ।

–बेहोस हुने अवस्था भन्दा अगाडि नै एउटा निर्णयमा पुगौं ।

–कोठामा धेरैबेर आगो तापेर बस्नहुँदैन । आगो ताप्ने कार्य छिटो सकेर निभाउने गरौं ।

–सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

–आफ्ना हरेक गतिविधिमा सहकर्मी, परिवारजन वा छिमेकीलाई पूर्व सूचना दिने गरौं । किनकि बेहोस भएको अवस्थामा समेत छिटो भन्दा छिटो उद्धार भएमा बाँच्न र बचाउन सकिन्छ।

–बेहोस भएको बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पु¥याएर अक्सिजन मास्क मार्फत नाक र मुखबाट अक्सिजन दिइनुपर्छ । सास फेर्न नसक्नेलाई भेन्टिलेटरबाट भएपनि अक्सिजन दिनुपर्छ ।

–चाँडो उपचार गरेर अक्सिजनको लेभल रगतमा बढाउन सकेमा हुन सक्ने अनेक समस्या जस्तै ब्रेन ड्यामेज, मुटु ड्यामेज, अंग ड्यामेज र मृत्युबाट समेत बचाउन सकिन्छ । डा. अच्युतशाली घिमिरे अनलाइनखबरमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.