Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोठाभित्र आगो ताप्दा यी कुरामा ख्याल गरौं !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष १९, सोमबार १२:४७
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

देशका अधिकांश भागमा जाडो निक्कै बढेको छ । जाडो बढेसँगै ग्यास गिजर, हिटर र कोइलाको प्रयोग पनि बढेको छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाएपनि यसको प्रयोगमा सावधानी नअपनाउँदा दिनहुँजसो नै दुर्घटनाका खबर सुनिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर, कोइला बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिन्छ ।

एकाबिहानै नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको खबरले पुसे पन्ध्र खल्लो भएको छ । अन्य तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको अपडेट छ ।

बढ्दै गएको चिसो र झरीले गर्दा आवश्यक सावधानी नपनाइकन कोठाभित्र आगो ताप्दा यस्ता घटनाहरु बारम्बार दोहोरिरहन्छन् । हामी आफैं वा आफन्त पनि यो घटनाको भागिदार हुनसक्ने सम्भावना रहन्छ, त्यसैले सावधानी आवश्यक छ ।

झरी परेपछि चिसो छेक्नका लागि पुस १४ गतेको साँझदेखि सात जनाले एउटै कोठामा कोइला बालेर तापेको र राति निभाएर सुतेको भन्ने कुरा बाहिर आएको छ । तर पनि ढोका थुनेर सुत्दा अक्सिन अभावमा त्यो सबै घटना भएको अनुमान लगाउन सकिन्छ । मकलमा कोइला बालेर कोठा तताएको जस्तो देखिन्छ । र, यसरी ढोका थुनेर सुत्दा कार्बनमोनोअक्साइड पोइजनिङले गर्दा गम्भीर असर पु¥याएको देखिन्छ ।

के हो कार्बनमोनोअक्साइड पोइजनिङ ? किन हुन्छ कोठाभित्र आगो बाल्दा मृत्यु ?

कार्बनमोनोअक्साइड रंगविहीन र गन्धविहीन हानिकारक ग्यास हो । यो प्रायः हिटर बाल्दा, आगो बाल्दा, जेनेरेटर चलाउँदा, ग्रिल्स चारकोल चलाउँदा उब्जिने गर्छ । जब भेन्टिलेसन राम्रो नभएको ठाउँमा कार्बनमोनोअक्साइड उब्जिन्छ त्यो त्यही कन्सन्ट्रेटेड भएर जम्मा हुन्छ । अनि जब अक्सिजनको सट्टामा सास फेर्दा कार्बनमोनोअक्साइड लिन्छौं, कार्बनमोनोअक्साइड सिधै रगतमा जान्छ (अक्सिजनको भन्दा कार्बनमोनोअक्साइडको हेमोग्लोबिनसँग बाइन्ड गर्ने क्षमता बढी हुन्छ) र बेहोस हुँदै मृत्यु समेत हुन सक्छ।

जाडोयाममा प्रायःजसो कोठा न्यानो बनाउन झ्याल ढोका बन्द गर्ने गर्छौं र मकलमा आगो बाल्छौं । जसले त्यसबाट निस्कने कार्बनमोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ । जब अक्सिजन भन्दा बढी कार्बनमोनोअक्साइडको मात्रा बढ्छ, यसलाई नै कार्बनमोनोअक्साइड पोइजनिङ भनिन्छ ।

टाउको दुख्ने, कमजोरी हुने, वाकवाकी, बान्ता हुने, सास फेर्न गाह्रो हुने, निर्णय लिन नसक्ने जस्ता लक्षणहरु कार्बनमोनोअक्साइड पोइजनिङमा देखिन्छन् ।

जाडो महिनामा आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु

–कोठामा अक्सिजन राम्ररी पास हुन सक्ने भेन्टिलेसनको व्यवस्था गरौं ।

–हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने गरौं ।

–कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

–आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।

–जब शरीरमा कार्बनमोनोअक्साइड बढ्दै गएर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याहरु देखिन शुरु हुन्छन्, हेल्चेक्र्याइँ नगरी अक्सिजन पर्याप्त प्राप्त हुने स्थानमा पुगौं ।

–बेहोस हुने अवस्था भन्दा अगाडि नै एउटा निर्णयमा पुगौं ।

–कोठामा धेरैबेर आगो तापेर बस्नहुँदैन । आगो ताप्ने कार्य छिटो सकेर निभाउने गरौं ।

–सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

–आफ्ना हरेक गतिविधिमा सहकर्मी, परिवारजन वा छिमेकीलाई पूर्व सूचना दिने गरौं । किनकि बेहोस भएको अवस्थामा समेत छिटो भन्दा छिटो उद्धार भएमा बाँच्न र बचाउन सकिन्छ।

–बेहोस भएको बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पु¥याएर अक्सिजन मास्क मार्फत नाक र मुखबाट अक्सिजन दिइनुपर्छ । सास फेर्न नसक्नेलाई भेन्टिलेटरबाट भएपनि अक्सिजन दिनुपर्छ ।

–चाँडो उपचार गरेर अक्सिजनको लेभल रगतमा बढाउन सकेमा हुन सक्ने अनेक समस्या जस्तै ब्रेन ड्यामेज, मुटु ड्यामेज, अंग ड्यामेज र मृत्युबाट समेत बचाउन सकिन्छ । डा. अच्युतशाली घिमिरे अनलाइनखबरमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष १९, सोमबार १२:४७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ पुष १९, सोमबार १२:४७
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ पुष १९, सोमबार १२:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष १९, सोमबार १२:४७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष १९, सोमबार १२:४७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष १९, सोमबार १२:४७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष १९, सोमबार १२:४७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष १९, सोमबार १२:४७
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष १९, सोमबार १२:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व