साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ बढेको छ ।
शुक्रबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ आज आइतबार पनि प्रतितोला ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्तालाई जानकारी दिएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post