Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुतलीका १११ प्रजाति !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १८, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १ सय ११ प्रजातिका पुतली भेटिएका छन् । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले तीन वर्षसम्म गरेको अध्ययनमा विगतको तुलनामा निकै बढी प्रजातिका पुतली भेटिएका हुन् । निकुञ्जका विभिन्न क्षेत्रमा २०१८ देखि २०२१ सम्म गरिएको अध्ययनपछि १ सय ११ प्रजातिका पुतलीको तस्बिरसहितको पुस्तक प्रकाशित गरिएको छ ।

 

 

निकुञ्जभित्र गस्तीमा गएका बेला र वन्यजन्तुको अनुगमनमा गएका बेला भेटिएका पुतलीहरूको तस्बिर संकलन गरिएको हो । यसरी तीन वर्षसम्म गरिएको अध्ययनपश्चात् शुक्लाफाँटाका पुतलीको जानकारी दिने पुस्तक प्रकाशित भएको हो । ‘सिस्टमेटिक हिसाबले अध्ययन गरिएको होइन तर निकुञ्जका सबै क्षेत्रमा पुगेर देखिएका पुतलीको तस्बिर संकलन गरिएको छ,’ तीन वर्षअघि पुतलीको अध्ययन सुरु गर्दा निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले भने, ‘अरू काम गर्दागर्दै पुतलीको अध्ययन गरिएको हो ।’ निकुञ्जमा यसअघि ३५ प्रजातिको पुतली रहेको तथ्यांक छ । तर कुन–कुन प्रजाति हुन् भन्ने विषयमा कुनै अभिलेख छैन ।

 

तत्कालीन प्रमुख संरक्षण अधिकृत पौड्यालसँगै रेञ्जरहरू यम रावत र धर्मजित साउद तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्राविधिक देवराज जोशीले पुतलीको अध्ययनसँगै तस्बिर संकलन गरेका थिए । ‘शुक्लाफाँटामा पुतलीका प्रजातिबारे पुरानो तथ्यांकमात्रै थियो तर त्यसको कुनै अभिलेख थिएन,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक जोशीले भने, ‘अहिले त्यसभन्दा धेरै बढी प्रजाति भेटिएका छन्, तिनका अभिलेख पनि राखियो ।’

रेञ्जर रावतले नै पुतलीको तस्बिर संकलनको सुरुवात गरेका हुन् । सुरुमा अध्ययन गरेर अभिलेख राख्ने योजना भए पनि अध्ययन गर्दै जाँदा धेरै प्रजाति भेटिएपछि पुस्तक नै प्रकाशित गरिएको हो । निकुञ्जको प्रवेशद्वार रहेको मजगाउँ, पिपरिया, महाकाली नदीकिनार र शुक्लाफाँटा घाँसे मैदान क्षेत्रमा बढी मात्रामा पुतली भेटिएका छन् ।

निकुञ्ज प्रशासनले यसअघि यहाँ पाइने चरा र स्तनधारी जनावरको तस्बिरसहितको पुस्तक प्रकाशित गरेको छ । निकुञ्जभित्र रहेका सर्पलगायत घस्रिने प्रजातिको जीवहरूको समेत अध्ययन गरिएको छ । ‘शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनसँगै अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूका लागि यो निकै ठूलो उपलब्धि हो,’ पौड्यालले भने, ‘विगतमा हामी यति प्रजातिका चरा, पुतली र वन्यजन्तु भन्थ्यौं, अब फोटो नै देखाएर पर्यटक लोभ्याउन सक्छौं ।’

 

पुतलीको अध्ययनका लागि सामान्यतया एक वर्ष लाग्छ । अध्ययन गर्ने स्थललाई विभिन्न प्लटमा विभाजन गरिन्छ । बाह्रै महिना हरेक सिजनमा सबै प्लटमा पुगेर पुतलीको तस्बिर संकलन गर्ने गरिन्छ । तस्बिर संकलन गर्न नसकिने अवस्थामा मिस्ट नेट (झुल जस्तै सामग्री) को प्रयोगले पुतली समातेर राम्ररी अवलोकनसँगै तस्बिर संकलन गरिन्छ । यसरी एक वर्ष नियमित अध्ययनपश्चात् एउटा निष्कर्षमा पुग्न सकिन्छ । तर यहाँ पुतलीको अध्ययन गर्दा त्यो विधि अपनाइएको होइन ।

तीन वर्ष लगाएर निकुञ्जका सबै क्षेत्रमा पुगेर दोहो¥याइतेह¥याइ तस्बिर संकलन गरिएको हो । ती तस्बिरहरू अध्ययन गरेर प्रजाति छुट्याइएको छ । प्रविधि अपनाएर अध्ययन गरेमा पुतलीको संख्या अझै बढ्न सक्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए ।

 

(ekantipur.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

साउन १८, २०८३
टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

साउन १८, २०८३
शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

साउन १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व