सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निजामती कर्मचारीको सरुवा बढुवा अब चक्रीय प्रणालीबाट : मन्त्री बडू

137
Sana Kishan

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रीय प्रणालीको आधारमा हुनेगरी सरकारले तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रीय प्रणाली लागू गर्न छलफल भइरहेको बताए। उनले निजामति कर्मचारीहरु निष्पक्ष रुपमा लोकसेवाबाट आउनुपर्ने भन्दै जथाभावि मानिसहरु राखेर सेवा र प्रशासनलाई बिथोल्नु नहुने बताए।

Arus

मन्त्री बडूले सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रीय प्रणालीको रुपमा बिस्तार गर्न छलफल भइरहेको बताए।

Karnali Traders

उनले सोर्स, फोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि आफैँ यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरामा छलफल भइरहेको बताए।

मन्त्री बडूले न्यायालयको समस्या न्यायालय भित्रबाट नै समाधान हुनुपर्ने बताए। उनले न्यायालयमा न्याय दिलाउनेहरूको निधार खुम्चिने काम हुनु नहुने भन्दै न्यायालयबाट छिटो छरितो रुपमा सेवाग्राहीले सेवा पाउनुपर्ने बताए । उनले अन्य काम संघीयतामा गएपछि सहज र छिटो भएको तर न्यायालयको काम भने संघीयतामा गइसकेपछि पनि सहज नभएको आफूलाई अनुभूत भएको बताए। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.