सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

बैतडी २२ फागुन–
दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । शैल्यसिखर नगरपालिका ८ अम्तोलीबाट रिठाचौपाता जादैँ गरेको ग ३च १६९३ नम्बरको जीप आज साँझ सवा ५बजे दुर्घटना हुदाँ ३जनाको मृत्यू हुनुका साथै ४जना घाइते भएकाछन् ।

मृत्यू हुनेमा लेकम ५का ३८ बर्षिय जीप चालक करन नाथ, शैल्यसिखर ८का ७०बर्षीय सुनादेबि पन्त र सोहि ठाउँका ४० बर्षिय पदम पन्त रहेको प्रहरीले जनाएको छ ।

Sana Kishan

जीपमा सवार अरु ४जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक भाष्कर चन्दले बताउनुभयो । घाइते हुनेहरुमा शैल्यसिखर ८का ७२बर्षिय बुद्धि पन्त सोही ठाउँका १२बर्षिय मुकेश पन्त, ७बर्षिय बसन्त पन्त र ७० बर्षिय गंगादेवि पन्त रहेकाछन् । घाइतेको उद्धार गरि गोकुलेस्वर अस्पताल पठाइएको छ ।

World Link Ads
Mahakali Polytechnic

दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको रहेको स्थानीयबासिले बताएका छन् । जीप सडकबाट १सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

Dirghayu Ads

(रेडियो निङ्गलाशैनी बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.