
महेन्द्रनगर – कन्चनपुरमै पहिलो पटक युवालाई स्वरोजगार बनाउने उद्धेश्यले आल्मुनियम स्टिलको कम्पनी खुलेको छ ।

बढ्दो बेरोजगारी लाई मध्यनजर गर्दै आफ्नै देशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यका साथ महेन्द्रनगरको भांसीमा उक्त कम्पनी खोलिएको हो।

युवा गायक, मोडेल, समाजसेवी तथा सामाजिक अभियन्ता पनि रहेका भोजराज जोशी (क्वालिटी) ले आफ्नै लगानीमा उक्त कम्पनी खोलेका हुन ।
अबको दिन महिना भीत्र ३०० युवालाई स्वरोजगार बनाउन तालिम दिईने उनले बताएका छन ।
यसका साथै शुदुर पश्चिमको जुनसुकै जिल्लामा पनी आल्मुनियम स्टिल उपलब्ध गराईने क्वालिटीले बताएका छन्।
