सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोले शंकरको पूजा आराधना कसरी गर्ने ? पूजा विधीसहित !!

शिवरात्रीका दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल–पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिवलिंगमा बेल–पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो ।

यहाँ रात्री शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ ।

पूजा विधिःयस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।

Mahakali Polytechnic

राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ। व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

 

World Link Ads

Sana Kishan

महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ।

निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ–।।शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम् ्र्र आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम् ्र्र

यो पनि पढ्नुहोस् ःके तपाईलाई गायत्री मन्त्रको अर्थ थाहा छ ?ःधेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ सवैलाई थाहा नहुन सक्छ ।पहिले पहिले व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । गायत्री मन्त्र अरुलाई सुनाउनु हुँदैन भन्ने गरिन्थ्यो । अचेल गायत्री मन्त्र गोप्य रहेन । यत्रतत्र गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।

गायत्री मंत्र ःॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्अर्थ ः (ॐ) यो प्रभुको मुख्य नाम हो ।त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) ।

अर्थात सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् । गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् ।

गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता छ । दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जप गर्नुपर्छ भनी शास्त्र उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस् ःजन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!;ज्योतिष शास्त्रअनुसार जन्म समयका आधारमा पनि व्यक्तिको भविष्य र स्वभावबारे थाहा पाउन सकिन्छ रातमा जन्मिने व्यक्ति र दिनमा जन्मिने व्यक्तिबिच धेरै अन्तर हुन्छ । रातमा जन्मिने व्यक्ति जोखिम उठाउन डराउदैनन् भने दिनमा जन्मिने व्यक्ति धेरै नै इमान्दार हुने गर्दछन।

दिनमा जन्मिने व्यक्तिको स्वभाव,दिनमा जन्मिने व्यक्ति रातमा जन्मिने व्यक्ति भन्दा कम साहसी हुने गर्दछन त्यसकारण जोखिम उठाउन डराउने गर्दछन्।दिनमा जन्मिने व्यक्ति भावुक हुने गर्दछन अरुको दुख देख्न सक्दैनन् सकेको सहयोग तुरुन्त गरि हल्छन। भगवान प्रति विश्वास गर्ने खालका हुन्छन उनीहरु शान्तिले काम गर्न रुचाउछन। दिनमा जन्मिने व्यक्ति आफ्नो कर्मको साथ साथै भाग्यमा पनि विश्वास गर्ने गर्दछन।

घरपरिवार र समाजमा मान सम्मान प्राप्त हुन्छ। रातमा जन्मिने व्यक्ति भन्दा यिनीहरुको रिस कम हुन्छन र चाडै शान्त पनि हुने गर्दछन रातमा जन्मिने व्यक्ति अल्छी हुन्छन तर दिनमा जन्मिने व्यक्ति कुनै पनि काम गर्न अल्छी मान्दैनन हरेक काम इमान्दारीका साथनिभाउने गर्दछन

रातमा जन्मिने व्यक्ति(यी व्यक्तिहरु दिनमा जन्मिने व्यक्ति भन्दा आत्माविश्वास खालका हुन्छन यसकारण सार्वजनिक स्थलमा बोल्न डराउदैनन्यी व्यक्तिहरु कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन तुरुन्त समस्याको हल गर्ने गर्दछन।

रातमा जन्मिने व्यक्तिको कुण्डलीमा बृहस्पति र राहु मजबूत हुन्छन। जसका कारण उनीहरुमा पैसाको कमि हुदैन(रातमा जन्मिने व्यक्तिको स्वभाव आलोचक खालका हुन्छन त्यसैले जसको पनि आलोचना गर्न पछि पर्दैनन्।

(gnewsnepal.com बाट साभार)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds