सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विवाहपछि महिलाको पेट नघटनुका करणहरू ?

पेट बढ्ने समस्या धेरैलाई भएको पाइन्छ । विशेषगरी विवाहित महिलाहरुमा यो समस्या अत्यधिक पाइन्छ । जिम जाँदा पनि कतिपयको पेट घटाउन मुश्किल पर्छ । विशेषगरी, ४० वर्ष कटेका महिलाहरुलाई त झनै पेटमा लागेको बोसो घटाउने काम निकै गाह्रो हुन्छ । किन हुन्छ पेट घटाउन मुश्किल ?

१. ४० वर्ष कटेपछि महिलाहरुको शरीरका मांसपेशीहरु कमजोर हुन्छन् । यसका साथै, उमेर बढेसँगै मेटाबोलिज्म कमजोर भइदिन्छ जसले बोसो पगाल्ने काम गर्न सक्दैन । २. महिनावारी, विवाह, गर्भधान, मेनोपोज जस्ता कारणहरुले हर्मोनमा परिवर्तन ल्याइदिन्छ । जसले गर्दा शरीरका केही अंगहरुमा कडा खालको बोसो जम्मा हुन्छ ।

३.टेस्टोस्टेरोन र एस्ट्रोजन को स्तरमा कमि हुने कारण महिलाहरुको शरीरमा कडा बोसो जम्मा भइदिन्छ । पेटको बोसो घटाउन किन जरुरी छ ?शरीरका अन्य भागको तुलनामा पेटमा जम्मा हुने बोसो खतरनाक हुन्छ । पेटमा जम्मा हुने बोसोले सास फेर्न समस्या, मुटु रोग, मधुमेहको टाइप २, उच्च रक्तचाप र उच्च कोलेस्ट्राल जस्ता समस्या निम्त्याउँछ ।

विवाहपछि किन बढ्छ तौल ?अनुसन्धानका अनुसार विवाहपछि ५ वर्षमा ८२ प्रतिशत महिलाहरुको तौल ५ देखि १० केजीसम्म बढ्छ । शरीरका केही खास अंगहरु स्तन, हिप र पेटमा बोसो जम्मा हुन थाल्छ । खानपान, जीवनशैली, हर्मोनमा आउने परिवर्तन, तनाव, बढ्दो उमेर, गर्भधान जस्ता कुराले महिलामा तौल बढ्ने गर्छ ।

Mahakali Polytechnic

यो पनि पढ्नुहोस् :  तपाईंले आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न जान्नैपर्ने १० कुराःअहिलेको समयमा फेसबुक अकाउण्ट नभएको मानिस कमै हुन्छन् । फेसबुक तपाईंका लागि सहज मात्रै नभएर खतराको विषय पनि बन्न सक्छ, त्यसैले यसलाई सुरक्षित रुपमा प्रयोग गर्ने तर्फ हरेक प्रयोगकर्ताले ध्यान दिन जरुरी छ । आज हामी तपाईंहरुलाई फेसबुक कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ ।

World Link Ads

१. बलियो पासवर्डःसबैभन्दा पहिला तपाईंले फेसबुकमा मजबुत पासवर्ड राख्नुपर्ने हुन्छ । फेसबुकले सधैं प्रयोगकर्तालाई त्यसका लागि प्रयोगकर्तालाई समेत सचेत गराउँदै आइरहेको छ । तर तपाईं हामी धेरैले भने यसलाई त्यति गम्भीरताका साथ लिइहरेका हुँदैनौँ । तर यो एकदमै जरुरी छ ।

Sana Kishan

अंग्रेजी ठूलो, सानो अक्षर, अंक, र चिन्हहरु सबैलाई मिश्रित रुपमा राखेर आफ्नो पासवर्ड बलियो बनाउन सकिन्छ । सम्झिन सजिलो ठानेर आफनो व्यक्तिगत सूचना तथा जानकारीसँग सम्बन्धित र अरुले सहजै अनुमान लगाउन सकिने किसिमका शब्द तथा अंक पासवर्डमा नराख्नुहोस् ।

त्यस्तै ईमेल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका विभिन्न आईडीका लागि एउटै पासवर्ड पनि नराख्नुहोस् । किन कि कुनै कारण एउटा आईडी ह्याक हुँदा ह्याकरले अन्य अकाउण्टमा समेत पहुँच बनाउन सक्छ ।

२. टु फ्याक्टर अथेन्टिकेसनःटु फ्याक्टर अथेन्टिकेशन प्रयोग गरेर तपाईंले आफ्नो अकाउण्ट थप सुरक्षित बनाउन सक्नुहुन्छ । टु फ्याक्टर अथेन्टिकेसन भनेको तपाईंले फेसबुक लगईन गर्ने बेलामा पासवर्ड राखेपछि फेसबुकले तपाईंको फोनमा एउटा ओटीपी कोड (म्यासेज) पठाउँछ । र त्यो कोड राखेपछि मात्रै तपाईंले आफ्नो फेसबुक खोल्न पाउनुहुन्छ ।

यो फिचर प्रयोग गर्नको लागि सबैभन्दा पहिला तपाईं आफ्नो फेसबुकको सेटिङमा गएर सेक्युरिटी एण्ड लगईन भन्ने अप्सन छनौट गर्नुहोस् । यसमा टु फ्याक्टर अथेन्टिकेशन भन्ने अप्सन छ र त्यहाँ रहेको युज टु फ्याक्टर अथेन्टिकेसनमा जानुहोस् ।

अब त्यहाँ गूगल अथेन्टिकेटर प्रयोग गर्ने कि एसएमएस प्रयोग गर्ने भनेर दिइएको हुन्छ । त्यसमा हामी तपाईंलाई एसएमएसको विकल्प छनौट गर्न सुझाव दिन्छौँ ।

किन कि यो अलि सहज र बढी सुरक्षित हुन्छ । अब त्यहाँ आफ्नो फोन नम्बर राख्नुहोस् । त्यस पछि तपाईंको फोनमा ओटीपी कोड आउँछ । र त्यही कोडलाई त्यहाँ रहेको बक्समा राख्नुहोस् । यति गरेपछि तपाईंको फेसबुकमा टु फ्याक्टर अथेन्टिकेशन एक्टिभ हुन्छ ।

यस बाट अब तपाईंले जुन कुनै नयाँ डिभाइसमा फेसबुक लगईन गर्दा ओटीपी कोड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कसैले तपाईंको पासवर्ड थाहा पाइहाले पनि ओटीपी कोड बिना फेसबुक खोल्न सक्नेछैन ।

३. ट्रस्टेड फ्रेन्ड्सःफेसबुकले ट्रस्टेड फ्रेन्ड्स अर्थात विश्वासिलो साथीलाई एड गर्ने एउटा अर्को फिचर पनि दिएको छ । त्यसमा चाहिँ तपाईंले आफ्नो विश्वासिलो साथीलाई एड गर्न सक्नुहुन्छ ।

कहिले काहिँ तपाईंले आफ्नो पासवर्ड र सेक्युरिटी सम्बन्धि प्रश्न तथा उत्तर बिर्सिँएको खण्डमा फेसबुकले तपाईंले एड गर्नुभएको विश्वासिलो साथीलाई एउटा ओटीपी कोड पठाइदिन्छ । र त्यो कोड बाट तपाईंले आफ्नो फेसबुक लगईन गर्न सक्नुहुन्छ ।

यो फिचर प्रयोग गर्नका लागि फेसबुकको सेटिङमा रहेको सेक्युरिटी एण्ड लगईन अप्सनमा जानुहोस् । अब त्यहाँ रहेको सेटिङ अप एक्स्ट्रा सेक्युरिटी भन्ने अप्सन छानेर ‘योर फ्रेन्ड्स टु कन्ट्याक्ट ईफ यू गेट लग्ड आउट’ सेलेक्ट गर्नुहोस् । र त्यहाँ चुज ट्रस्टेड कन्ट्याक्टमा थिचेपछि तपाईंले आफ्नो विश्वासिलो साथीलाई एड गर्न सक्नुहुन्छ ।

४. अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईनःअघिकै सेटिङ अप एक्स्ट्रा सेक्युुरिटीमा गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन भन्ने अप्सन पनि छ । त्यो इनेबल गर्नुभयो भने अस्वभाविक ठाउँ वा अस्वभाविक डिभाइसबाट तपाईंको फेसबुक अकाउण्ट कसैले खोल्यो भने तत्काल तपाईंलाई म्यासेन्जरमा वा ईमेलमा नोटिफिकेसन आउँछ ।

यो फिचर प्रयोग गर्नका लागि अघिकै ‘सेटिङ अप एक्स्ट्र सेक्युरिटीमा गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन’ मा जानुहोस् । र त्यहाँ इमेल आईडी, म्यासेञ्जर वा फेसबुक, कुनमा नोटिफिकेसन पाउन चाहनुहुन्छ, त्यसलाई छनौट गर्नुहोस् । हामी चाहिँ यहाँनिर सबै अप्सन छनौट गर्न सुझाव दिन्छौँ ।

५. जहाँ तपाईंको फेसबुक लगईन छःतपाईंको फेसबुक अरु कसैले चलाइरहेको त छैन ? यसबारे ढुक्क हुन चाहनुहुन्छ भने फेसबुकले त्यसको विकल्प पनि दिएको छ । यसका लागि सुरुमा फेसबुकको सेटिङमा जानुहोस् । अब सेक्युरिटी एण्ड लगईनमा गएर ‘ह्वेर यू आर लग्ड ईन’मा तपाईंले आफ्नो फेसबुक अन्यत्र कसैले चलाइरहेको छ वा छैन भन्ने कुरा हेर्न सक्नुहुन्छ ।

यदि कसैले चलाईरहेको रहेछ वा कतै लगईन छ भने छेउमा रहेको तीन ओटा थोप्लामा थिचेर लगआउट गर्न सक्नुहुन्छ । यदि तपाईंलाई त्यो डिभाइसको बारे अझ धेरै जानकारी लिनु छ भने ‘सेक्योर अकाउण्ट’मा गएर हेर्न सक्नुहुन्छ ।

६. अनलिंक सर्च इन्जिनःफेसबुक अकाउण्ट सुरक्षित राख्नका लागि अर्को ध्यानमा राख्नुपर्ने महत्वपुर्ण कुरा चाहिँ सर्च इन्जिनहरु तपाईंको प्रोफाइलसँग लिंक भएका हुनसक्छन् । त्यसो हुन नदिनेतर्फ ध्यान दिनुहोस् ।

यदि लिंक भएका छन् भने आफ्नो फेसबुकको सेटिङमा जानुहोस् । त्यहाँ रहेको प्राइभेसी सेटिङ भन्ने अप्सन थिच्नुहोस् । र स्क्रोल गरेर अन्तिममा जानुहोस् । अन्तिम अप्सन ‘अलाउ सर्च इन्जिन आउटसाइड अफ फेसबुक टु लिंक टु योर प्रोफाइल’ मा इनेबल छ भने डिसेबल गर्नुहोस् ।

७. व्यक्तिगत जानकारीमाथि नियन्त्रणःअब अघिको स्थानबाट पछाडि फर्किनु भयो भने प्राइभेसी सेटिङमै क(कसले तपाईंको फ्रेन्ड्स लिस्ट, ईमेल एड्रेस, र फोन नम्बर हेर्न सक्छ भनेर त्यसको जानकारी दिइएको हुन्छ ।

पालैपालो यी तीनै अप्सनमा थिचेर अन्ली मी अप्सन छनौट गर्नुहोस् । यति गरेपछि तपाईंको फेसबुकको फ्रेन्ड लिस्ट, तपाईंको फोन नम्बर र ईमेल आईडी अरुले हेर्न पाउने छैन ।

८. फेस रिकग्निसनःतपाईंको साथीले फोटो पोस्ट गर्दा कहिलेकाहिँ फेसबुकले तपाईंको अनुहार चिनेर आफै ट्याग गरिदिन्छ । यसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ रहेको प्राइभेसीको दोश्रो विकल्प ‘फेस रिकग्निशन’मा प्रवेश गर्नुहोस् ।

अब ‘कन्टिन्यु’ थिच्नुहोस् र टर्न अफमा जानुहोस् । यति गरेपछि अब फेसबुकमा अरुले तपाईंको फोटो पोस्ट गर्दा आफै ट्याग हुने झञ्जटबाट छुट्कारा पाउन सक्नुहुनेछ ।

९. थर्ड पार्टी एपःफेसबुकबाट हामीले विभिन्न थर्ड पार्ट एपहरु प्रयोग गरिरहेका हुन्छौँ । तर तपाईं हामी मध्ये धरैलाई फेसबुक नै चलाइरहेको जस्तो लागिरहेको हुन्छ ।

तपाईंको अनुहारलाई बुढो देखाउने, भविष्य बताइदिने, तपाईंलाई सबैभन्दा धेरै माया गर्ने मान्छेको नाम भनिदिने, र यस्तै किसिमका अनेक आकर्सक क्याप्सन राखेर अनेकौं थर्डपार्टी एपहरुले तपाईंलाई प्रयोग गर्न लोभ्याइरहेका हुन्छन् ।

त्यस्ता एपहरुबाट तपाईंको फेसबुक ह्याक हुन सक्ने सम्भावना पनि रहन्छ । र तपाईंको महत्वुर्ण अनि एकदमै गोप्य डेटा पनि लिनसक्छ । त्यसैले सकेसम्म त्यस किसिमका एपहरु प्रयोग गर्दै नगर्नुहोस् ।

१०. फेसबुकसँग भएको जानकारीःफेसबुकले तपाईंको महत्वपुर्ण सूचना र जानकारी सेभ गरेर राखेको हुन्छ, भन्ने बारेमा त तपाईं जानकार नै हुनुहुन्छ होला । तपाईंको कुन कुन डेटा फेसबुकले सेभ गरेको छ, भनेर तपाईं आफैंले पनि हेर्न सक्नुहुन्छ ।

त्यसका लागि सेटिङमा जानुहोस् । र त्यहाँ अलि तल रहेको ‘योर फेसबुक इन्फरमेस’ छ । त्यसको पाँचौ विकल्प “डाउनलोड योर इन्फरमेसन’ छनौंट गर्नुहोस् । त्यहाँ सबैभन्दा तल ‘क्रियट फायल’ अप्सनमा जानुहोस् ।

यति गरेपछि फेसबुकमा तपाईंको अनुरोध जान्छ । फायल तयार भएपछि फेसबुकले तपाईंलाई जानकारी दिन्छ र त्यसलाई डाउनलोड गरेर ‍फेसबुकसँग रहेको आफ्नो डेटा हेर्न सक्नुहुन्छ ।

फेसबुकमाथि बेलाबखत प्रयोगकर्ताका यस्ता डाटा बिक्री गरेको आरोपको सामना गर्दै आएको छ । तपाईं यस किसिमको आफ्नो डेटा फेसबुकसँग नरहोस् भन्ने चाहनुहुन्छ भने प्रयोग गर्न बन्द गर्नु सिवाय हाललाई अर्को विकल्प छैन ।

अन्त्यमाःयसरी तपाईं आफ्नो फेसबुक अकाउण्टलाई सुरक्षित राख्न तथा सुरक्षित रुपमा चलाउन सक्नुहुन्छ । तर, यति गर्दैमा फेसबुक पूर्णतः सुरक्षित हुन्छ भनेर ढुक्क भने नहुनुहोस् । फेसबुक लगईन गरेपछि लगआउट गर्न कहिल्यै पनि नबिर्सिनुहोस् ।

 

(gnewsnepal.com बाट साभार)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.