सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा पर्यटन महोत्सवको आवश्यकता किन ? नगर प्रमुख विष्ट

सुदूरपश्चिमकै महत्वपुर्ण पर्यटकीय क्षेत्र शुक्लाफाँटालाई लक्षित गरेर कञ्चनपुरको भिमदत्त नगरपालिकाले तेस्रो शुक्लाफाँटा पर्यटक महोत्सव–२०७६ को आयोजना गरिरहेको छ ।
यहि फागुन ९ गते बाट भिमदत्त नगरपालिकाले विभिन्न साझेदार संस्थाहरुसँगको सहकार्यमा महोत्सव सञचालन भईरहेकको छ । यस अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार मात्रै भएको छैन्, यस अवधिमा निकुञ्ज घुम्ने आन्तरिक तथा बाह्य पर्यटक समेत बढेका छन् । शुक्लाफाँटामा विश्वकै ठुलो तथा हजारौको झुण्डमा देखिने बा्रहसिङ्गा, नेपालको तराईका संरक्षीत घाँसेमैदानहरु मध्ये सबैभन्दा ठुलो घाँसे मैदान, सयौँ जातिका वनस्पति र चराचुरङ्गी, वन्यजन्तु, ताल लतैया, विभिन्न प्रजातिका पुतलिका लागि प्रशिद्ध छ । नगरपालिकाले यस पर्यटकीय क्षेत्रलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउनका लागि महोत्सवको आयोजना गरेको छ । साथै महोत्सवकै अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी शुक्रबार महेन्द्रनगर आउदैँछिन् । यसै विषयमा केन्द्रीत रहेर पत्रकार मदन गिरीले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसँग गरिएको कुराकानीको सम्पादीत अंशः

शुक्लाफाँटा पर्यटन महोत्सवको आवश्यकता किन प¥यो ?

हाम्रो मुलुक प्रकृति स्रोत साधनले धनी छ । देशको समृद्धीका लागि पर्यटन एक महत्वपुर्ण आधार स्तम्भ हो । हिजोको दिनमा यस क्षेत्रको प्रचार प्रसार गरेर आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउनु पथ्यो । त्यसमा हामी चुकेका छौँ । खास गरेर हाम्रा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । त्यसैले पनि नेपाल भ्रमण वर्षको अवसरमा यि क्षेत्रहरुलाई प्राथमीकतामा राखेर पर्यटनको प्रदेशकै समृद्धीका लागि पर्यटनलाई विकास गर्नु आवश्यक छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आफैमा अति सुन्दर पर्यटकीय गतव्य हो । यो संसारकै विविधतायुक्त प्रकृतीक थलो हो । विशेषतः विश्वका विभिन्न ठाउँहरु कुनै एक चिजको विशेषता हुन्छ तर शुक्लाफाटा एउटा नमुना प्राकृतिक पर्यटकीय स्थल हो ।
यहाँ पाईने चराचुरुङी, वनस्पती, जन्तयन्तु लगायतको छुट्टै विशेषता छ । जुन सबै ठाँउमा विरलै पाईन्छ । विश्वकै ठेला ब्राह सिङ्गेको झुन्ड, एक सिङ्गे गैडा, बाध, विभिन्न प्रजातिका चराचुरङी लगायतका अन्य वन्यजन्तु, घाँसे मैदान लगायतका रमणिय स्थलहरु छन् । ‘भ्रमण गरौँ, अवलोकन गरौँ, प्रकृतिसँग रमाऔँ’ भन्ने मुल नाराका साथ हामीले यहि फागुन ९ बाट तेस्रो शुक्लाफाँटा महोत्सवको आयोजना गरेका छौँ । यसका आवश्यकता किन हो त भन्दा खेरि हामीसँग भएका महत्वपुर्ण पर्यटकीय स्थलको प्रचारप्रसार हुन सकेको छैन् । यहाँ प्रकृतीक रमणिय स्थलहरु ओझेलमा परेका छन् । अब हामी यि क्षेत्रको प्रचार–प्रसार गरेर आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउँदै अर्थो उत्पादनसँग जोड्न खोजी रहेका छौँ । शुल्लाफाँटालाई विश्व सामु चिनाउने नगरपालिको प्रयास हो । त्यसका लागि नगरपालिकाले निजि तथा सुदायिक संघ सस्थाहरुसँगको सहकार्यमा यो महोत्सव आयोजना गरेको छ ।
विकासका लागि सह–अतित्व र सहकार्य हाम्रो प्रमुख प्रतिवद्धता पनि हो । सामुहिक सहकार्यले मात्रै दिगो विकास हुनसक्छ भन्नेमा म विश्वास गर्छु । यस शुक्लाफाँटा महोत्सवको अवसरमा सम्मानिय राष्ट्रध्यक्षलाई यहाँ स्वागगत गरेर राष्ट्रको ध्यान यहाँ खिच्न चाहान्छौँ ।

World Link Ads
Mahakali Polytechnic

राष्ट्रपति आउने कार्यक्रमको तयारी तथा व्यवस्थापन कसरी भईरहको छ ?

Dirghayu Ads
Sana Kishan

यो कार्यक्रम नगरपालिकाको मात्रै नभएर यहाँका सबै साझेदार र जिम्मेवार संस्थाहरु त्था आम जिल्लावासिको संयोजन र सहकार्य हो । सम्मानीय राष्ट्रपति ज्यु यस क्षेत्रको भ्रमण, अवलोकनमा आउनु आफैमा महत्वपुर्ण कार्यक्रम हो । यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन सबैलाई जिम्मेवारी बाँटफाँट गरेर तयारी भईरहेको छ । सबै साथिहरुले कार्यक्रमलाई सफल बनाउन लागि परेका छन् ।

नगरवासि तथा जिल्लावासिको तर्फबाट उहाँको स्वागत गर्ने तयारी गरेका छौँ । विभिन्न समुदायबाट साँस्कृतिक झाँकीहरु प्रस्तुत हुदैँ छन् । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीबाट शान्ती सुरक्षाको प्रवन्ध गरिएको छ । मझगाँउ विमानस्थलमा कार्यक्रम समारोहको मञ्च व्यवस्थापन भईरहेको छ । त्यस्तै विभिन्न क्षेत्रबाट अतिथिहरुलाई निम्ता गरिएको छ । आम नगरवासि तथा जिल्लावासिलाई सम्मानीय राष्ट्रपति ज्युको स्वागतका लागि अह्वान गरिएको छ ।

यस महोत्सवबाट नगरपालिकाले के अपेक्षा लिईएको छ ?

शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकेमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईको केन्द्र बन्न सक्छ । यस्ता महोत्सवले दिगो र दिर्घकालिन रुपमा यहाँको पर्या–पर्यटन विकासमा महत्वपुर्ण योगदान पु¥याउछ । जसले यस क्षेत्रको मात्रै नभए राष्ट्रकै समृद्धीमा सहयोग हुुने अपेक्षा लिएका छौँ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.