सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाँदर धपाउन विद्यार्थीले बनाए मेसिन, वालिङको ‘इनोभेसन सेन्टर’ ले यसरी गर्दैछ काम

वालिङ नगरपालिकाको ‘इनोभेसन सेन्टर’
वालिङ : स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर लखेट्ने यन्त्र निर्माण गरेको छ। यन्त्रको परीक्षण सफल भएसँगै बाँदरले सताएर हैरान वालिङबासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ। वालिङ नगरपालिकाद्वारा सञ्चालित इनोभेसन सेन्टरका प्रशिक्षार्थीले बाँदर धपाउने यन्त्र (मङ्की रिटेलर डिभाइस) तयार पारेका हुन्।

नेपाल स्मार्ट इनोभेसन रोबो जुनियर प्रोग्राम अन्तर्गत प्रशिक्षित बालबालिकाले बाँदर धपाउने यन्त्र निर्माणमा सफलता पाएका हुन्। एउटा बाँदरमा गरिएको परीक्षण सफल पनि भएको छ।

फ्रिक्वेन्सी मोडुलर मार्फत् बाँदरलाई अत्यन्त झ्याउ लाग्दो आवाज निस्कने गरी बाँदर धपाउने यन्त्र बनाइएको नेपाल स्मार्ट इनोभेसन रोवो जुनियर प्रोग्रामका प्रशिक्षक इन्जिनियर सृजन सुवेदीले जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic

‘सानो आकारको सो यन्त्रमा बाँदरलाई झ्याउ लाग्ने खालको आवाज राखिएको छ। जुन आवाज मानिसका लागि अत्यन्तै मसिनो हुन्छ। बाँदरका लागि भने ठूलो र इरिटेटेड आवाज हुन्छ। बाँदर सो आवाज आउने ठाउँमा बस्न सक्दैन। ऊ भाग्छ’, सुवेदीले भने, ‘एउटा यन्त्रले ५ सय मिटरसम्म आवाज पुग्छ।’ सानो स्टिकर आकार (एक/डेढ वर्गाकार फिटमा) रहेको यन्त्रमा बिजुली वा ब्याट्रीको प्रयोग गर्नुपर्दछ भने पानीबाट जोगाउनु पर्दछ।

Dirghayu Ads

बाँदर आतंककै कारण गल्याङ नगरपालिका १० स्थित डुबिन्डाँडाको एउटा बस्ती बसाईँ सरेको छ। जिल्लाका सबै तहमा बाँदरबाट स्थानीयबासी आतंकित बनेका छन्। धेरै खेतबारी बाँझै छन्। लगाएका अन्न, तरकारी र फलफूलका बिउदेखि दानासम्म केही राखेका छैनन्। बाँदरले घरभित्रै पसेर अन्न नोक्सानी गर्दै आएका छन्।

Sana Kishan

कक्षा ५ देखि ९ सम्मका अध्ययरत इच्छुक बालबालिकालाई विज्ञान र प्रविधिबारे प्रशिक्षण दिँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने लक्ष्यसहित नगरपालिकाले गत वर्षदेखि नगरपालिकाको कार्यालयमै इनोभेसन सेन्टर संचालन ल्याएको छ। यहाँ ५० बालबालिकालाई प्रशिक्षणमा छन्।

नगरका ७ विद्यालयका ५० विद्यार्थीले आधारभूत र एडभान्स तहका सैद्धान्तिक, व्यवहारिक तथा अनुसन्धानात्मक प्रशिक्षण लिँदै आएका छन्। शनिवार २/३ घण्टाको कक्षा संचालन हुन्छ। बालबालिकाको क्षमता अनुरुप एकदेखि तीन वर्षे कोर्स हुन्छ।

हाल एक वर्षे कोर्समा स्मार्ट फ्लोड एलर्ट सिस्टम, स्मार्ट पार्किङ क्षेत्र, स्मार्ट स्ट्रिट लाइट, जीपीएस ट्रयाकिङ सिस्टम, कोठा सफा गर्ने, पानी तान्ने, भाडा माझ्ने लगायतका रोबोट र ड्रोन तयार गरिएको नेपाल स्मार्ट इनोभेसन रोवो जुनियर प्रोग्रामका प्रशिक्षक इन्जिनियर सृजन सुवेदीले जानकारी दिए। ‘उनीहरूले ट्रोल, रोबटिक्स लगायत झण्डै ३ दर्जन प्रकारका सेन्सर बनाएका छन्।’

नेपाल स्मार्ट इनोभेसन रोवो जुनियर प्रोग्राम अन्तर्गत इन्जिनियरहरू सृजन सुवेदी, सरद तिवारी, अशोक धमाला र सिद्धान्तप्रताप खाँणले बालवालिकालाई प्रशिक्षित गराउँदै आएका हुन्।

नेपाल स्मार्ट इनोभेसन रोवो जुनियर प्रोग्राम नगरपालिकाकै लागनीमा गत वर्षदेखि सञ्चालित कार्यक्रम हो।-अन्न्पुर्ण पाेस्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.