सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा असार दोस्रो साता

२ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको बोर्डले जनाएको छ ।

Sana Kishan

प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो ।

World Link Ads
Mahakali Polytechnic

बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने योजना रहेको उनले जानकारी दिए ।

Dirghayu Ads

यस वर्ष गत चैत १० गतेबाट शुरु परीक्षामा सहभागी नियमिततर्फका चार लाख ७५ हजार परीक्षार्थी परीक्षाफलको प्रतीक्षामा छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.