सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली फिल्ममा सन्नी लियोनको ठुम्का

भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् ।
कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् ।

सन्नीले यो गीतका लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । सम्राट् बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको मागअनुसार नै गीत तयार पारिएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफरसहितको टिमले निर्देशन गरेको हो ।

Sana Kishan

३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् ।

World Link Ads
Mahakali Polytechnic

सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले ‘पासवर्ड’ निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.