सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल-भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने

जेठ ३२
नेपाल–भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो ।
नेपाल भारत जोड्ने झोलुंगे पुल आइतबारदेखि अर्थात् असार १ गतेदेखि ४ गतेसम्म पुल बन्द रहने प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिनुभयो । भारतीले पक्षले सीमा पुलको मर्मत गर्ने बारे नेपाली प्रशासनलाई पत्राचार गरेको प्रमख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेपछि नेपाली प्रशासनले समेत सूचना जारी गरी पुल बन्द हुने बारे जानकारी गराएको छ ।
नेपाल भारत जोड्ने खलंगास्थितको झोलुंगे पुल जीर्ण बन्दै गएकाले मर्मत कार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाईदिन उप खण्ड लोक निर्माण विभाग धारचुलाले अनुरोध गरेको छ । यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गते देखि १३ गतेसम्म मर्मत कार्य गर्ने जनाएपनि अन्तः भारतीय पक्षले मर्मत कार्य भने गरेको थिएन । पुल समेत बन्द हुने सूचना सार्वजनिक गरिएपनि पुल बन्द पनि गरिएको थिएन ।
करिब २०२८ सालतिर निर्माण गरिएको उक्त झोलुंगे पुलको प्लेटहरु जीर्ण बन्दै गएकाले फेर्ने लगायतका मर्मत कार्य गरिने बताइएको छ । भारतीय पक्षद्धारा निर्माण गरिएको उक्त झोलुंगे पुलको हरेक तीन वर्षमा पुलको मर्मत कार्य गरिदै आएको छ । सोही अनुसार भारतीय पक्षले नेपाल भारते जोड्ने झोलुंगे पुलको मर्मत गर्न लागेको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.