सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिपबीच भेटवार्ता

लन्डन : प्रधानमन्त्री केपी ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भेटवार्ता भएको छ। औपचारिक भ्रमणका क्रममा फ्रान्समा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ फ्रान्सेली समकक्षीलाई भेटेका हुन्।

दुई प्रधानमन्त्रीबीचको भेटमा दुई पक्षीय सम्बन्धका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ। त्यस अवसरमा फ्रान्सका प्रधानमन्त्री फिलिपले विश्वका विभिन्न क्षेत्रमा शान्ति स्थापनाका लागि नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

नेपाल तथा फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा प्रधानमन्त्रीले फ्रान्स भ्रमण गरेका हुन्। नौदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड र बेलायतपछि प्रधानमन्त्री बुधबार फ्रान्स पुगेका थिए।

पहिलो दिनमा फ्रान्सका उद्योगी, व्यवसायीहरुमाझ सम्बोधन गरेका प्रधानमन्त्री ओलीले दोस्रो दिन त्यहाँस्थित गैरआवासीय नेपाली, नेकपा कार्यकर्तासहितका नेपालीहरुलाई पनि भेटेका थिए।

Mahakali Polytechnic

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमनत्री पत्नी राधिका शाक्यसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीसहित छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.