सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार जानकारी दिए।

पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया छ। घर निर्माणका क्रममा काम गर्दागर्दै शुक्रबार बिहान ७ बजेतिर पौडललाई हृदयघात भएको थियो। माडीस्थित बगौडा अस्पताल जाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला अध्यक्ष परियारको भनाइ छ।

Sana Kishan

५३ वर्षीय पौडेल नेकपा केन्द्रीय सदस्य हुन्। नेता पौडेल जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका थिए।

World Link Ads

दोश्रो संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा शिक्षामन्त्री बनेका थिए।

पौडेलका दुई छोरी छन्। श्रीमती गंगा वेल्वासे पनि राजनीतिमै सक्रिय छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close