सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा उत्पादन भएको तरकारी कतार पुग्यो

काठमाडौं : नेपालको तरकारी कतार निर्यात हुन थालेको छ। नेपालको पहाडी भूभागमा उत्पादित स्थानीय स्वादका बिषादी रहित मौसम अनुसारको तरकारी र फलफूलहरु केही दिन अघि देखी कतार आउन थालेको हो ।तितेकरेला, परबल फर्सी, हरियो खुर्सानी, अकबरे खुर्सानी, तोरी, मुला, रायोको गुन्द्रुक, सिन्की, मस्यौरा, जंगली निउरो, नेपाली माल्दा आप, लिची, फर्सीको मुन्टा, रामतोरिया, मुला, काक्रो ,खाद्य मसला,अचार लगायतका सामान पहिलो पटक कतार भित्रिएको हो ।

कतार आयात भएका तरकारीहरु हाललाई सनैया स्थित सफारी मल, ग्रान्ड मल र नज्मा स्थित सम्पूर्ण सुपर मार्केटहरुमा उपलब्ध रहेको । नेपालबाट विभिन्न कृषि सहकारी मार्फत सिधै कृषकको फार्म सम्म सम्पर्क गरि तरकारी तथा फलफूलको व्यवस्थापन गर्ने कम्पनी अल समन इन्टरनेसनल प्रा.लि. र कतारस्थित अल समन ग्लोबल ट्रेडिङ्को सहकार्यमा तरकारी निर्यात हुन थालेको हो ।

हाल हवाई मार्गबाट ल्याउनु पर्ने भएकाले त्यसै अनुरुप न्युनतम दरमा नेपाली कृषिलाई प्रोत्साहन गर्ने गरि निर्यात गरिने कम्पनीले बताएको छ ।हाल सम्म नेपाल सरकारबाट यस बिषयमा कुनै सहयोग नपाएको र सबै व्यक्तिगत प्रयासमा काम थालिएको अल समन ग्लोबल ट्रेडिङ् कम्पनीका सीइओ समन घिमिरेले बताउनु भयो ।

सरकारले ढुवानी शुल्कमा शहुलियत र निर्यात प्रकृयामा केही सहजता गरिदिने हो भने आगामी १ बर्ष भित्र अरु केही देशमा कृषिजन्य उत्पादन निर्यात गरी नेपाली किसानलाई आत्म निर्भर गराउने र नेपाली कृषि उत्पादनलाई विश्व बजारमा चिनाउने कम्पनिको योज ना रहेको छ । घिमिरेका अनुसार आगामी केही बर्ष कम्पनी नाफा मुलक भन्दा सेवा र उत्पादन मुलक कार्यमा लाग्नेछ, कतारको अनुभवले निकट भबिस्यमा अन्य खाडी राष्ट्र र यूरोपियन राष्ट्रहरुमा कृषि उपादन निर्यात गर्न सहज हुने विश्वाश गर्नुहुन्छ ।

Mahakali Polytechnic

नेपाल राजदुतावास कतार तथा कतार राजदुतावास नेपालबाट भने निरन्तर सहयोग प्राप्त भएको भन्दै कतारका लागि नि-बर्तमान नेपाली राजदुत डा. रमेश कोइराला र नेपालका लागि कतारी राजदुद युसुफ बिन मोहम्मद अल-हैलबाट प्राप्त सहयोग, सद्भाव र प्रेर णाले उर्जा मिलेको भन्दै धन्यवाद व्यक्त्त गर्दै यो व्यापार भन्दा पनि दुई देशबिच आपसी सम्बन्ध मजबुत गराउने कडीको रुपमा सुरुवात गरिएको हुनाले नेपाल राजदुतावास कतार तथा कतार राजदुता वास नेपालबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताउनु भयो

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.