सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोकसेवासँग सर्वोच्चले विज्ञापन रद्द नगर्नु पर्ने कारण माग्यो

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग दायर गरेको रिटमा सुनवाई गर्दै बुधबार सर्वाेच्च अदालतले विज्ञापन किन रद्द नगर्ने भनेर लोकसेवा आयोगसँग लिखित जवाफ मागेको छ ।

विकास ठाकुरले दायर गरेको रिटमा न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले विज्ञापन रोक्न अन्तरिम आदेश भने जारी गरेको छैन । दुबै पक्षलाई ३ असारमा छलफलका लागि अदालतले झिकाउने आदेश अदालतले दिएको छ ।

Sana Kishan

आयोगले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन निकालेको थियो । संविधानअनुसार विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध भइरहेको छ । सर्वाेच्चको आदेशमा ‘निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो ?’ भन्दै १५ दिनभित्र आधार र कारणसहित महान्याधिवक्ताको कार्यालयमार्फत् जवाफ दिन निर्देशन दिएको छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु ओमप्रकाश सिंह, अरविन्दकुमार सिंह, नारायण झा, दामोदर खड्का, रविनारायण खनाल, मिथिलेशकुमार सिंह र अधिवक्ता मनोहर साहले बहस गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.