सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलायतबाट प्रधानमन्त्रीले भने : विदेशको कारोबार टुंग्याएर नेपाल फर्कनुस्

लन्डन- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा भएका नेपालीलाई आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दूतावास लन्डनमा आयोजित स्वागत समारोहमा बोल्दै ओलीले त्यहाँ रहेका नेपालीहरुलाई कारोबार टुंग्याएर देशको लागि केही गर्न नेपाल आउन आव्ह्वान गरे।

विदेशमा बस्ने केही सिक्न र धन कमाउन भएको बताउँदै उनले ज्ञान आर्जन पछि स्वत धन आर्जन हुने बताए। सिक्ने कुरामा नेपाली पहिल्यैदेखि अगाडि भएको उनले बताए। नेपालीहरु जहाँ भए पनि देशको मायाँ गर्ने बताउँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा लाग्न आग्रह गरे।

Sana Kishan

नेपाली समुदाय जहाँ पुगे पनि त्यहाँ मिलेर बस्ने बताउँदै उनले बेलायतमा पनि त्यो रहेको बताए। ‘नेपालीहरु वीर छन्’, उनले भने, ‘गोर्खालीहरु वीर छन् भन्ने सबैभन्दा पहिले थाहा पाउने बेलायत नै हो।’

World Link Ads
Mahakali Polytechnic

बन्दुक देख्दा नडराउनेहरु गोर्खालीको खुकुरी देख्दा डराउने गरेको पनि उनले बताए। नेपालीहरु वीर मात्र नभएर आफ्नो काममा कर्तव्यपरायण समेत भएको उनको भनाई छ।

Dirghayu Ads

बेलायतसँग नेपाल र नेपालीको ऐतिहाँसिक सम्वन्ध भएको उनले बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.