सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शौचालयको छानाे भत्किँदा दार्चुलामा चार बालबालिकाको मृत्यु

दार्चुला– जिल्लामा शौचालयकाे छानाे भत्किँदा चार जना बालबालिकाको मृत्यु भएको छ। मंगलबार साँझ करिब ४ बजे नौगाड गाउँपालिका-४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शाैचालयकाे छाने भत्किँदा चार बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराका अनुसार नौगाड गाउँपालिका–४ का ९ बर्षिया निरुता ठगुन्ना, १० बर्षिया अनुस्का धामी, ५ बर्षिया युनिका ठगुन्ना, ८ बर्षिय सुदिप धामीको मृत्यु भएको हो।

विद्यालय बन्द रहेको समयमा खेलिरहेका उनीहरू छानाे भत्किँदा पुरिएका हुन्। शौचालयको छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकिन भएको छैन्। सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds