सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढी विमानस्थल भाेलिबाट सुचारु हुने

धावनमार्ग स्तरबृद्धि कार्य अन्तिम चरणमा

एक महिना लामो समयदेखि बन्द रहेको धनगढी विमानस्थल २९ गतेबाट सुचारु हुने लगभग पक्का भएको छ । धावनमार्ग स्तरबृद्धिको कार्य अन्तिम चरणमा पुगेपछि अव २९ गतेबाट विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भएको हो। अहिले धावनमार्ग जिर्ण रहेको क्षेत्रमा ८ सय ५० मिटर लम्वाई र साढे ४ फिट गहिराईको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने ओभरलेको काम पनि अन्तिम चरणमा पुगेको हो।

धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत बैशाख २२ गतेदेखि विमानस्थल बन्द गरिएकोमा समयमै स्तर बृद्धिको कार्य नसकिएपछि एक हप्ता समय थप गरिएको थियो। २९ गतेदेखि विमानस्थल सुचारु हुने गरि काम भईरहेको निर्माण कम्पनीका ईन्जिनियर सचिन थापाले बताए।

Sana Kishan

बैशाख २२ गतेदेखि विमानस्थल बन्द भएपनि जेठ १९ गतेदेखि मात्रै धावनमार्ग कालोपत्रेको काम सुरु भएको थियो। जमिनको वनावटका कारण काम बढी गर्नुपरेको र एक महिना सम्म पनि धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले निर्धारित समय भित्रै स्तरबृद्धिको कार्य सम्पन्न हुन सकेको थिएन।

World Link Ads
Mahakali Polytechnic

अव २९ गतेबाट विमानस्थल सुचारु हुने भएकाले विमान कम्पनीहरुसंग नियमित उडानका लागि छलफलको तयारी भईरहेको धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले बताए।

Dirghayu Ads

धनगढी विमानस्थलमा उडान सुरु भएपनि स्तरबृद्धिका कार्य भने जारी रहने जनाएको छ। धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ।
अव धावनमार्गमा थप कालोपत्रे हुँदै छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने कार्य पनि जारी छ। उक्त कार्य भने उडान समय भन्दा अन्य समयमा जारी राख्ने विमानस्थल निर्माण आयाृजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.