सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वविद्यालय–प्राध्यापक संघ वार्ताः प्राध्यापक–कर्मचारीका समस्या सम्बोधन गर्न पदाधिकारी सकारात्मक

मदन गिरी
महेन्द्रनगर २६ जेठ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र सुप प्राध्यापक संघबिच विश्वविद्यालयमा उत्पन्न वर्तमान समस्याबारे छलफल गरिएको छ ।
प्राध्यापक संघको पहलमा शनिबार महेन्द्रनगरमा विश्वविद्यालयका पदाधिकारी, आंगीक क्याम्पसका प्रमुख र प्राध्यापक संघबिच समसामयिक समस्या सम्बोधनबारे छलफल गरिएको संघका सभापती उत्तम थापाले बताए ।

उनले आंगीक क्याम्पसको समायोजनपछी विश्वविद्यालयका प्राध्यापक– कर्मचारीले तलब लगायतका सेवा सुविधा नभएकोले संघको पहलमा सरोकारवालासँग छलफल गरिएको बताए । उनका अनुसार चाुल आर्थिक वर्षको प्राध्यापक तथा कर्मचारीको निमतम् तलब मात्रै आठ महिनापछि निकासा पनि अतिरिक्त तलब तथा निकासा हुन सकेको छैन ।

प्राध्यापक संघको पहलमा शनिबार महेन्द्रनगरमा विश्वविद्यालयका पदाधिकारी, आंगीक क्याम्पसका प्रमुख र प्राध्यापक संघबिच समसामयिक समस्या सम्बोधनबारे छलफल गरिएको हाे । ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शनिबारको बैठकमा विश्वविद्यालय उप कुलपति र रजिष्ट्रार, डिन लगायत १० वटा आंगीक क्याम्पसका प्रमुख र संघका पदाधिकारीको सहभागीता रहेको थियो । त्यस्तै बैठकमा अन्य विश्विद्यालयसँग सम्बन्धित विषयमा छलफल गरिएको छ । प्राध्यापक तथा कर्मचारीको माग बारे विश्वविद्यायका पदाधिकारी सकारात्मक रहेको सभापती थापाको भनाई छ ।

Dirghayu Ads

‘अहिले प्राध्यापक कर्मचारीको न्युनतम् पारिश्रमीक निकासा भएको छ, साथिहरुको अतिरिक्त सेवा गरेवाफतको सुविधा दिन विश्वविद्यालयका पदाधिकारी सकारात्मक देखिएका छन्’ सभापती थापाले भने ।

‘अहिले प्राध्यापक कर्मचारीको न्युनतम् पारिश्रमीक निकासा भएको छ, साथिहरुको अतिरिक्त सेवा गरेवाफतको सुविधा दिन विश्वविद्यालयका पदाधिकारी सकारात्मक देखिएका छन्’ सभापती थापाले भने ।

साथै विश्वविद्यालयमा लामो समय देखि लगाईएको तालाबन्दी तत्काल खोल्नका लागि पहल गर्न संघले माग गरेको छ । ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.