सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्मला पन्तका हत्याराको संरक्षण सरकारले नै गरेको छः नेता गजुरेल

शनिबार, २५ जेठ
काठमाडौं- निर्मला हत्यापछि पनि धेरै घटनाहरु घट्नुमा सरकारी उदासिनता जिम्मेवार रहेको वक्ताहरुले ठहर गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को आयोजनामा ‘बढ्दो महिला हिंसा र यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले शक्ति र कानूनको दुरुपयोग नर्गन चेतावनीसमेत दिएका छन्।

कार्यक्रमलाई संबोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले समाज एकलौटी भएर नलड्दासम्म कानूनले मात्रै महिला हिंसा रोक्न नसक्ने बताए। गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरुकै संरक्षण गरेकोले अपराधीहरु बचिरहेको आरोप लगाए। उनले भने, “यदि सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हन्न?” देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालका अध्यक्षसमेत रहेका गजुरेलले देशको आमुल परिवर्तनका खातिर लडेको तत्कालिन क्रान्तिकारी नेतृत्वको आत्मसमर्पण तथा आन्दोलनप्रतिको गद्धारीको परिणम आजको महिला हिंसा पनि रहेको उनको ठहर छ। उनले अगाडि भने, “प्रचण्डले जहाँ पनि आत्मसर्मपरण्को संस्कार बसाए, क्रान्तिमा अत्मसमर्पण, पछिल्लोपटक ओलिसँग आत्मसमर्पण, अहिले अमेरिकासंग आत्मसमर्पण यिनको हरुवा चालले प्रतिक्रान्तिले घर गरेको छ। जसले गर्दा जनयुद्धमा उत्साहित महिलाहरुलाई फेरी चुलो–चौको र महल भित्रै कैद हुने अवस्था आएको छ।”

गजुरेलले अहिले जे जस्तो भए पनि देशमा एकदिन क्रान्तिकारी झण्डा पुनः एकपटक जोडदारसँग उठ्ने र त्यसको नेतृत्व होचानीमुुखा, उत्पीडित महिलाहरुले गर्ने र मुक्तिकामी आन्दोलनले सबैको न्याय गर्ने धारणा राखे।

समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमीले महिलाको जन्मदेखि नै पीडा र वेदनाबाट सुरु हुने भएकोले महिलाप्रति समाजले न्यायको लागि नयाँ किसिमको धारणाको विकास गर्न जरुरी भएको बताइन्। सहभागिता तथा समावेशी सहितको समृद्धि र विकासको विकल्प नभएको र त्यसमा आफनत्वको कमिले समाजमा हिंसाले ठाउँ पाउने गरेको उनको ठहर छ। जुन हिंसा वर्तमान समयमा अकल्पनियरुपमा बढेको बताउँदै भनिन्,”आज मेयरबाट उपमेयरहरु पीडित भएका छन, यसलाई राजनीतिक हिंसा भन्न सकिन्छ। उत्पीडित समुदायबाट पनि महिला नै उत्पिडित हुनुले समाज कहाँ जाँदै छ भन्ने कुरा प्रष्ट भएको।” यमीले जसको समाधान हातहातमा शिक्षा र रोजगार भएको बताइन् ।

Mahakali Polytechnic

आयोजक अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडबरीले सो कार्यक्रममा कार्यपत्र पेस गरिन्, उनले वर्तमान नयाँ कानूनले पनि विगतमा जस्तै महिलालाई प्रशस्त अधिकार दिए पनि त्यो कार्यान्वयनको कमिको कारण महिला हिंसा या समस्या घट्नुको साटो बढेर गएको बताइन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.