सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट नगरपालिकाद्धारा हावाहुरी प्रभावित क्षेत्रमा अनुगमन, घाईतेलाई जनही १० हजार राहत

सहयोगी निकायलाई दैविक विपत्तीमा सहयोग गर्न नगरपालिकाकाे अपील

मदन गिरी
महेन्द्रनगर २४ जेठ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले बिहीबार आएको हावाहुरीले प्रभावित गरेका क्षेत्रको अनगमन गरेको छ । शुक्रबार वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले लगायत नगरपालिकाको टोली हावाहुरी प्रभावित क्षेत्रमा अनुगमन गरेको हो ।
वेदकोट कार्यपालिकाका नगर प्रमुख चन्दको अध्यक्षतामा शुक्रबार बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल रेडक्रस सोसाइटी कंचनपुर शाखा, वेदकोट उपशाखा, सुडा उपशाखा, बेदकोट उद्योेग वाणिज्य संघको प्रतिनिधित्व रहेको थियो ।
नगर प्रमुख अशोक कुमार चन्दले अनुगमनसँग क्षतीको प्रारम्भीक विवरण संगलन गरिएको बताए । उनका अनुसार शुक्रबार बसेको संयुत्त बैठकले क्षती वास्तविक विवरण तथ्यांक संकलनका लागि नेपाल रेडक्रस सोसाइटी कंचनपुर, बेदकोट उपसाखा, सुडा उपसाखा, बेदकोट बाणिज्य संघ र नेपाल प्रहरी प्रतिनिधि सहितको तथ्यांक संकलन समिति गठन गरिएको छ ।
साथै बैठकले हावाहुरीबाट गम्भीर घाइते बेदकोट नगरपालिका १० नयाँगाउका राम सिंह रावल,गोरे देबि बुढा ,बिरमा देबि रावल र सरस्वती रावल उपचारका लागि १०÷१० हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख चन्दले बताए ।
अन्य घाइतेहरुलाई जनही ५÷५ हजार उपचार खर्च दिईने उनको भनाई छ । राहत र क्षेतीपुर्तीका लागि बेदकोट नगरपालिकाको बैठकले संघिय सरकार , प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ भने अन्य सहयोगी निकायलाई दैविक विपत्तीमा सहयोग गर्न अपील गरेको छ ।
वेदकोटमा हावाहुरीबाट स्थानीयको घर, विद्यालयका छाना उड्नुका साथै स्थानीय घाईते भएको छन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds