सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रकाण्डले भने, सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन

काठमाडौं : विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको दाबी गरेका छन् ।

सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरीचौकी आक्रमणको तयारी नगरेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रवक्ता प्रकाण्डले बताएका छन्।

Sana Kishan

आइतबार राति सोलुखुम्बुमा प्रहरी चौकीमा आक्रमणको प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपुर्ण प्रचारबाजी मात्रै गरिएको विप्लव समूहको भनाई छ। सोमबार विज्ञाप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीमाथि दमनको अनेक षड्यन्त्र गरिरहेको आरोप लगाएको छ।

World Link Ads
Health Notice Kanchanpur

सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको विज्ञाप्तीमा उल्लेख छ। पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरूप यो हल्ला फैल्याइएको प्रकाण्डको दाबी छ। सोलुखुम्बुको छेस्कामस्थित प्रहरीचौकी आक्रमणको प्रयास भएको भन्दै सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। तर स्थानीयले पनि विप्लव समूहले चौकी आक्रमणको प्रयास नगरेको बताएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.