सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई वर्षभित्रमा वेदकोटका सबै वडामा खानेपानि पु¥याईने

वेदकोटमा बहुवर्षीय खानेपानि आयोजना सञ्चालन

महेन्द्रनगर १४ जेठ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका सबै वडामा बहुवर्षीय खानेपानि आयोजना सञ्चालन गरिएका छन् ।
वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नगरका सबै वडामा बहुवर्षीय खानेपानि आयोजना सञ्चालन गरिएको बताए ।
उनका अनुसार नगरभरीमा दुई वर्षभित्रमा खानेपानि सेवा पु¥याउने लक्ष्यका साथ करोडौँका आयोजना सञ्चालन गरिएमा रहेका छन् ।

Sana Kishan

वेदकोट नगरपालिका–१ मा १२ करोड ४० लाखको हात्तिथला खानेपानि आयोजना, वडा नम्बर २ मा झन्डजपुर खानेपानि आयोजना नौ करोड ९९ सय लाख, –३ मा १३ करोड ९३ लाखमा दैजी खानेपानि आयोजना र वडा नम्बर ४ को बगुनमा पाँच करोड ७० लाखको खानेपानि आयोजना सञ्चालनमा आएको छ ।

साथै वेदकोटको बैतडा टोलका लागी छ करोड १८ लाख र वडा नम्बर ५ मा पाँच लाख को धरमपुर खानेपानि आयोजना निर्माणधिन अवस्था रहेको छ ।
त्यस्तै वेदकोट–६,७ र ८ मा सुडा टाउन खानेपानि आयोजनाको करिब ८० प्रतिशत काम सकिएको नगर प्रमुख चन्दको भनाई छ ।
बुधबार मात्रै वेदकोट–७ र ९ का वडावासिका लागी ६ करोड 30 लाखका बसन्तपुर खानेपानि आयोजनाको नगर प्रमुख चन्दले उद्घाटन गरे ।
नगरपालिकाको पहलमा केन्द्र सरकारको सहयोगमा नगरभरी खानेपानि आयोजना सञ्चालन गरिएको उनको भनाई छ ।
सबै खानेपानि आयोजनाको निर्माण कार्य तिव्र गतिमा भईरहेकाले बजेट अभावको नभएमा दुई वर्ष भित्रमा सबै नगरवासि शुद्ध खानेपानिको पहुँचमा पुग्ने नगर प्रमुख चन्दको दावि छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.