सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा विद्यार्थी भर्ना अभियान सम्पन्न

महेन्द्रनगर १२ जेठ ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा विद्यार्थी अभियान सम्पन्न भएको छ । सुडा सामुदायिक सिकाई केन्द्र वेदकोटको आयोजनामा गरिएको विद्यार्थी भर्ना अभियान कार्याक्रम आईतबार सम्पन्न भएको हो ।
केन्द्रका अध्यक्ष भीम बोकटीले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउनका लागि अभियान सञ्चालन गरिएको बताए ।

उनका अनुसार हाम्रो नगर, हाम्रो गाँउ सबै बालबालिका विद्यालय पठाउ नाराका साथ गत बैशाखबाट अभियान सुरु भएको हो ।

Sana Kishan

कार्यक्रममा वेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख पदमराज भट्ट लगायत वडाध्यक्ष, विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.