नरेश तिवारी, जेठ १०– बैतडीको पन्चेश्वर गाउँपालिका–४ आमचौरा मल्लागाउँ निवासी ६२ बर्र्षीय परमानन्द तिवारीले सामुदायीक स्वास्थ्य ईकाइ भवन निर्माणका लागि २ रोपनी जग्गा दान गरेका छन ।
२०५४ सालको निर्वाचनमा साविक को आमचौरा गाबिस–२ बाट वार्ड अध्यक्ष समेत भएका परमानन्द तिवारीले आफ्नो निजी जग्गा दान गरेका सहकर्मी नरेश निवारीले खबर पठाएकाछन ।
पन्चेश्वर गाउँपालिकामा समाजसेवीको काम गर्दै आएका तिवारीले स्वर्र्गीय बुवा, आमाको स्मृतिमा जग्गा दान गरेको र स्वास्थ्य चौकीको भवन निर्माणको काम लगत्तै सञ्चालन हुनुपर्ने बताएकाछन ।
सो स्वास्थ्य चौकी बाट गाउँपालिका अन्तरगतका निङ्गलाउँ, उज्जलगाउँ, मटिउल र मल्लागाउँका बिरामीहरले सेवालिन सक्नेछन ।