सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जीप खस्दा ३ जनाको मृत्य

बैतडीमा जीप खस्दा ३ जनाको मृत्यु
५ जेठ, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् । देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

Sana Kishan

दुर्घटनामा दशरथचन्द नगरपालिका १० का ४०–४५ वर्षका हिरा बल्लभ भट्ट र ६०–६५ वर्षकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नेत्रमणि गिरीले जानकारी दिए । मृत्यु भएका अर्का एकजना पुरुषको सनाखत भइनसकेको उनले बताए ।

घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.