सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमै यस्तो अद्भूत ठाँउ शिव लिङ्गहरुको पहाड चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा)

कञ्चनपुर, बेदकोट

कञ्चनपुर । नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो । यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । साउन महिना यसको विशेष महत्व छ । विश्वभरीका हिन्दुहरु त्यहाँ पुगेर दर्शन गर्ने गर्दछन् । तपाईपनि तस्विरमै भएपनि दर्शन गर्नुहोस् । र सेयर गरेर मनोकामना पुरा हुने लाभ लिनुहोस् ।

हुन त न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोडनै दिईएको छ तै पनि हज्जारौ मानिसहरु पुगिरहेका छन् । सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ । माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन । पर्यटकको सुविधका लागि नगरपालीकाले सेल्फि प्वाईन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आर्कशक गन्तव्य बन्न पुगेको छ ।

टाढा बाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ । एक पटक यस क्षेत्रको अबलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको बर्णन गरेर थाक्दैनन् । स्वस्फुत रुपमा यस क्षेत्रले पर्यटक तान्न थालेको छ ।

Mahakali Polytechnic

ढुङ्गले भरिएको पथरिलो सडकमा सवारी साधान गुडाउदै यस क्षेत्रको अबलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन । प्रकृतीको अनुपम दृश्यलाई क्यामेरा र मोवाईलमा कैदगरी सामाजिक सञ्जाहरुमा राख्ने कार्यले समेत विगत दुई बर्ष यता देखि हुदै आएपपछि यस क्षेत्रले चर्चा पाउन सफल भएको शिक्षक राघव अबस्थीले बताए । ‘यस क्षेत्रमा पुग्दा प्राकृतिलेनै बनाई दिएको कलाकृति हेरेर मन्त्रमुग्ध नहुने कोही छैन’ उनले भने ।

World Link Ads

टाढा बाट दृश्य नियाल्दा ढुङगालाई ठाउ ठाउमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटो बाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको उनले बताए । यस क्षेत्रले पर्यटकीय क्षेत्रका रुपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाईमा पर्न थालेको छ । स्थानिय बासिन्दाका अनुसार यहाँ दैनिक दुई वटा म्युजिक भिडियो र चलचित्रको छायांकनको कार्य हुदै आएको छ ।

Sana Kishan

यस क्षेत्रलाई स्थानिय बासिन्दाले धार्मिक क्षेत्रका रुपमा समेत लिने गरेका छन । शिवलिङ्गेशवर क्षेत्रका रुपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ । स्थानिय ७७ बर्षिय बिरादत्त भट्ट शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले दत्तचित्त रुपले यस क्षेत्रमा पुजा गरे मनले चिताएको पूर्ण हुने बताउ छन । माटोका विभिन्न आकृति भएका ठाउ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्यु संग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको उनले बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.