सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलि सार्वजनिक बिदा

वीरगञ्ज २९ बैशाख ।
प्रदेश २ मा भोलि सोमबार सार्वजनिक बिदा घोषणा गरिएको छ। जानकी नवमीको अवसरमा गत वर्षजस्तै यस वर्ष पनि बिदा दिइएको प्रदेश सरकारले आइतबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
चैतको राम नवमीको १ महिनापश्चात् जानकी नवमी मिथिलामा मनाइने गरिन्छ। यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ। सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरु सहभागी हुने बताइएको छ ।

Sana Kishan

वैशाख शुक्ल नवमीको दिन जानकी नवमी पर्व मनाइन्छ। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यसै अवसरमा शुभकामना दिँदै जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर(२ को गरिमालाई समेत विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण तथा सम्बर्द्धनमा प्रदेश सरकार जिम्मेवार रहेको बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.