सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजवादी पार्टीले देशभरका ८ सहरमा कार्यक्रम गर्ने ।

देशभरी एकताको सन्देश दिन फोरम र नयाँ शक्ति मिलेर बनेको नयाँ पार्टी समाजवादी पार्टी नेपालले काठमाडौंसहित देशका प्रमुख आठ सहरहरूमा कार्यक्रम गर्ने भएको छ।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न पदाधिकारीको पहिलो बैठकले देशका प्रमुख ८ सहरमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

Sana Kishan

नवगठित पार्टीका सचिव प्रकाश अधिकारीका अनुसार काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, सुर्खेत र पोखरामा कार्यक्रम गर्ने निर्णय गरिएको हो।
आगामी जेठ ११ गते मोरङको विराटनगरबाट सुरु गरिने कार्यक्रम जेठ २५ गते पोखरामा समापन हुनेछ। कार्यक्रमलाई पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले सम्बोधन गर्ने पार्टीले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

दुवै पार्टीको केन्द्रदेखि वडा तहसम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन ५ दिनभित्र समायोजन निर्देशिका तयार गर्न समिति समेत गठन गरिएको नेताहरूले बताएका छन्।

Dirghayu Ads

यही वैशाख २३ गते संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण गरी समाजवादी पार्टी बनाइएको हो। उक्त पार्टीले राष्ट्रिय जनता पार्टीसहित विचार र सिद्धान्त मिल्ने अन्य दललाई पनि आफूसँग एकताका लागि अपिल गरेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.