सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मेलौलीमा जङ्गल फडानि गरेर सडक निर्माण गरिन लागेको भन्दै स्थानियद्धारा विरोध

सुरेशकुमार भट्ट, मेलौली । बैतडीको मेलौली नगरपालिकामा जङ्गल फडानि गरेर सडक निर्माण गरिन लागेको भन्दै स्थानियले विरोध जनाएका छन् । नगरपालिकासँगको सम्झौतामा निर्माण हुन लागेको लामालेक पेल्या तिताबै सडकखण्डको निर्माण कार्य रोक्न स्थानीयले माग गरेका हुन् ।
जङ्गल फडानि गरेर सडक निर्माण गर्दा भावि पुस्तालाई यसको प्रभाव पर्ने भएकाले सडक निर्माण तत्काल रोकिनु पर्ने बताएका छन् । सम्बन्धित निकायको अनुमति विना नै सडक निर्माण भईरहेको स्थानियको आरोप रहेको छ ।

Sana Kishan

पुर्खौदेखि संरक्षण गरिएको र प्रचुरमात्रामा जडिबुटी र जिवजन्तु रहेका यस जङ्गलमा यसरी अन्धाधुन्ध सडक निर्माण गरिए खानेपानीका मुहान समेत सुक्ने डर छ । स्थानियहरुको एक मात्र सोहि मुहानलाई आजपनि स्थानियले उपभोग गरिरहेका छन त्यसैले
त्यस क्षेत्रबाट सडक निर्माण गर्ने कार्यको वन उपभोक्ता समिति र स्थानीयहरुले बिरोध जनाएका हुन् । सो सडक निर्माण कार्य नरोक्कीए कडा बिरोध गर्ने स्थानियहरुको भनाई रहेको छ । स्थानी बासिन्दाले यसरी अबैध सडक निर्माण रोक्नु पर्ने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयमा निवेदन दिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.