सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा मिसावटको पेट्रोल बिक्री गर्दै काङ्ग्रेस बाट निर्वाचित वडाअध्यक्ष

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ८ का अध्यक्ष नरबहादुर साँकीको लगानीमा सञ्चालित पम्पबाट प्रज्वलनशिल तरल पदार्थ पेट्रोल मिसावट गरि बिक्री भइरहेको छ।

अमरगढी नगरपालिका वडा नं ५ मा रहेको उग्रतारा आयल स्टोर भनेर चिनिने पेट्रोल पम्प नगरका वडा अध्यक्ष साँकीको लगानीमा सञ्चालित रहेको छ। पेट्रोल पम्पबाट पेट्रोलमा मिसावट गरि बिक्री गर्दा दर्जनौं मोटरसाइकलबाट पानीजस्तो सेतो तरल पदार्थ निस्किएको मोटरसाइकल धनीहरुले बताएका छन्।

शुक्रबार (आज) बिहान मात्रै पेट्रोलपम्पबाट तेल हालेर फर्किएको २ मिनेटमै मोटरसाइकल बन्द भएपछि रोकेको र तेलको पाइप खोलेर हेर्दा पानी निस्किएको अजयमेरुका मोटरसाइकल धनी हर्कबहादुर बोहराले बताए।

World Link Ads
Mahakali Polytechnic

डडेल्धुरामा रहेको उक्त पेट्रोलपम्पले मिसावट गरिएको पेट्रोल बिक्रिवितरण गरेको भन्दै स्थानीय आन्दोलित समेत भएका छन्। पेट्रोलमा मिसावट भएको देखेपछि उक्त पम्पबाट पेट्रोल हाल्नेहरु सबै आन्दोलित बनेका हुन्।

Dirghayu Ads

मोटरसाइकलमा मिसावट गरिएको पेट्रोल हालेर ठगी गरेको भन्दै स्थानीय सेवाग्राहीहरुले क्षतिपूर्तीको माग राखेका छन्। उनीहरुले घटना स्थलमै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा नगरपालिकाका प्रमुख र पेट्रोलपम्पका संचालकलाई समेत बोलाएर मोटरसाइकलमा समस्या देखिए क्षतिपूर्ति दिनुपर्ने माग समेत राखेका हुन्।

Sana Kishan

एक पटकमा धनगढीस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयबाट ६ हजार लिटर पेट्रोल आउने गरेको भएपनि उक्त पेट्रोल पम्पले भने एक दिनमै सिध्याउने गरेको छ। पेट्रोल पम्प स्थापना भएदेखि आजसम्म आइपुग्दा समेत पेट्रोल पम्पले सहि रुपमा सेवा दिन नसकेको र जहिले पनि तेलको अभाव देखाएर टार्ने गरेको स्थानीय भुवन भण्डारीको आरोप छ।

पेट्रोलियम् पदार्थको वितरण सहि रुपमा नभई एक दिनमै सकिएको भनेर कालोबजारी गरिरहेको स्थानीय सेवाग्राही बताउँछन्। पटकपटक पेट्रोल पम्पबाट स्थानीयलाई ठग्ने काम मात्र भएको उनीहरुको गुनासो छ।

पेट्रोलपम्प संचालक वडाअध्यक्ष साँकी भने आफूले कमजोरी नगरेको र मिसावट देखिएमा सम्वन्धीत व्यक्तिलाई कारबाही गर्न आफूपनि सहमत रहेको बताउँछन्।

उपभोक्ता हित विपरित कालोबजारी भइरहँदा स्थानीय प्रशासन र सरकार मौन बस्नु लज्जास्पद भएको यहाँका आम नागरिकको बुझाइ छ। आमजनताको उपभोग गर्ने अधिकार माथि खेलवाड भएको भन्दै स्थानीय उपभोक्ताहरुले छानविन गरि कारबाहीको माग गरेका छन्।पेट्रोलको नमुना परिक्षणका लागि लिएको बताउँदै परिक्षणमा मिसावट देखिएमा कारबाहीका लागि पछि नहट्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

नेपालको सविंधानको धारा ४४ मा उपभोक्ताको हक मौलिक अधिकारका रुपमा ग्यारेन्टी गरिएपनि नगरको वडा अध्यक्षकै पम्पबाट गैरजिम्मेवार पूर्वक कारोबार गरिनु संविधान विपरित काम गएिको आम उपभोक्ताले गुनासो गरेका छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.