सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महोत्सवको पुर्व सन्ध्यामा अजयमेरुकोट पुग्दा……

अजयमिरी राजाको कोट नै उदरी जानो ।
नै हिया बज्जुर पड्डो नै बिसरी जानो ।।
अजयमेरु गाँउपालिकाले आयोजना गर्ने महोत्सवको पुर्व सन्ध्यामा बुधबार ऐतिहासिक अजयमेरु दरवारको अवलोकन भ्रमण गरियो। विर पुर्खाहरुको शाहसिक र ऐतिहासिक नासोको संरक्षण सम्वर्धन गर्दै जिवन्त ईतिहासको जगेर्ना र प्रचार प्रसार गर्दै भावि पुस्ता सम्म पुर्याउनु र राष्ट्र भक्ति प्रतिको जागरण दिनु आवश्यक रहेको छ।

डोटेली राज्यमा नागी मल्लले राजकाज गर्दा निर्माण गरिएको अजमेरुकोटमा महोत्सव आयोजना हुने भएको छ । नेपाली भाषाको उद्गमस्थलका रूपमा समेत चिनिने अजयमेरुकोटमा पहिलोपटक महोत्सव हुन लागेको हो । १५ सय वर्ष पुरानो पुरातात्विक महत्वको अजयमेरुकोटमा अजयमेरु गाउँपालिकाले आगामी वैशाख ३ गतेदेखि ७ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासका अनुसार पर्यटन प्रवद्र्धन र कृषि प्रदर्शनीका लागि महोत्सव गरिन लागेको बताए ।

हाल अजयमेरुकोटसम्म सडक पुगिसकेकाले महोत्सवमा आगन्तुकका लागि सहज हुने बताइएको छ । गाउँपालिकाले महोत्सव आयोजनाका लागि विभिन्न समिति र उपसमिति गठन गरेको छ । नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक महत्वको अमरगढी किल्लादेखि सात किलोमिटर टाढा रहेको अजयमेरुकोट भग्नावशेष बन्दै गएको छ । पुरातात्विक संरचनाको संरक्षण र पहिचानका लागि पनि महोत्सव महत्वपूर्ण हुने अध्यक्ष भट्टले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जुम्लादेखि कर्णाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट १५ सय वर्षअघिको इतिहास भएको उहाले बताए । अजयमेरुकोटमा दरबारभित्रैबाट चार किलोमिटर सुरुङ मार्ग हुँदै गणीका नदीमा निस्कने गुफा, तेह्रौँ शताब्दीका अद्भूत कलाकृति, पत्याउनै नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष छन् ।

Dirghayu Ads

जुम्लादेखि कर्णाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट १५ सय वर्षअघिको इतिहास भएको पनि अध्यक्ष भट्टले बताए । अजयमेरुकोटमा दरबारभित्रैबाट चार किलोमिटर सुरुङ मार्ग हुँदै गणीका नदीमा निस्कने गुफा, तेह्रौँ शताब्दीका अद्भूत कलाकृति, पत्याउनै नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष छन् ।

सोही अवसरमा अमरगढि प्रमुख, अमरगढि न पा कानुनि सल्लाहकार विष्णु भट्ट, पत्रकार महासंघ केन्द्रिय सदस्य उत्तर विष्ट लगायतले कोटको अवलोकन गरेका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.