सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसईई दिँदै गरेकी छात्राको चिट भनेर शिक्षकले प्याड खोसेपछि…

अछाम । पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ ।

बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो ।

Sana Kishan

कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आखिर जे डर थियो त्यही भयो । ‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ ।

World Link Ads
Mahakali Polytechnic

प्याड खल्तीमा बोकेरै लगेकी थिएँ । तर चिट लुकाउन होला भन्ने आशंका गर्दै शिक्षकले सुरुमै प्याड थुतेर लिए ।’ आफूले त्यो दिन लेख्नै नसकेको देवसराले बताइन् । घर छाेडेर परिक्षा दिन बाहिर जाँदा सबै भन्दा ठुलो समस्या छात्राहरुलाई महिनावारी हुँदा के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.