सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ब्लड क्यान्सर पीडित मिनालाई १८ हजार बिद्यार्थिहरुको सहयोग

तेज बोहरा
कैलाली १२ चैत
‘ब्लड क्यान्सर’ बाट पीडित कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मिना बमलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत समाजकार्य दोस्रो बर्षका बिद्यार्थिहरुले आर्थिक सहयोग गरेका छन् ।
ब्लड क्यान्सरबाट पिडित मिनाको आर्थिक स्थिती कमजोर भएको र ब्लड क्यान्सर भएको थाहाच पाएपछि श्रीमानले छोड्ेको समचार नेपालटपमा प्रकाशन भएपछि विद्यार्थिहरुले मंगलबार मिनाको घरमै गएर १८ हजार बराबरको रकम सहयोग गरेको हुन् ।
समाजकार्य दोस्रो बर्षका बिद्यार्थिहरुले क्याम्पसमा गरेको होली बिशेष कार्यक्रम बाट संकलन भएको रकम र क्याम्पसका अन्य बिद्यार्थिहरुबाट मिना बचाउ अभियान सञ्चालन गरी जम्मा भएको रकम मिनालाई हस्तान्तरण गरेका छन् ।
मिनाको उपचारको लागी बिभिन्न ठाउँबाट भण्डै एकलाख बराबरको रकम सहयोग आएपछि मंगलबानै मिनालाई थप उपचारको लागी चितवन लगीएको छ ।
एक वर्षदेखि लगातार उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नभएपछि उनी घरमै थला परेकी थिईन । चिकित्सकका अनुसार बमको उपचार गर्न करिब १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदा बमले बताइन् ।
उनका परिवारले सहयोगको अपिल गरेका छन् । सहयोग गर्नुहुनेले एभरेस्ट बैकमा रहेको मिना बम की आमा शारदा देवी बम को खाता नं. ०६८००५०१२००५६० मा रकम जम्मा गर्न सक्नुहुन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.