सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘ असल श्रीमती ‘ महिलाले एकचोटी अवस्य पढौं अनि पुरुषले शेयर गरौँ

असल श्रीमती

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिरबाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिरबाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन।

घर ठूलो भएर के गर्नु लाखौं रिणमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो । समय बित्दै गयो, छोरि जन्मिई , हुर्कँदै गईन । कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए, कुनै दिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई । घरको समस्या कसै सँग share कैलेपनी गर्दैनथ्यो । एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ ।

दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका हरुलाई नै पठाउने गर्थ्यो। घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो।

Sana Kishan

जब रिण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अचानक छोरि सिंडी बाट लड्न पुग्छे , हतार हतार ambulance मा hospital लैजान्छन, Doctor ले निक्कै पैसा लाग्ने कुरा बताएपछी उस्को सात्तो जान्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ। श्रीमतीले Bank गएर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केहि बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न ।

जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले ATM बाट पैसा निकाल्छिन । उ हेरेको हेरेइ हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भैराको अवस्थामा एकैछिन पछि भित्रबाट डाक्टर आउँछन अनि नानिमा निक्कै सुधार भएको र कुनै पनि खतरा नभएको कुरा सुनिसके पछि सबै खुसी हुन्छन ।

अनि श्रीमतिले भन्छिन “हजुरको पीडा मैले बुझेकि छु सोनु , यो हजुरले नै पठानुभयको पैसा हो, मैले घरमा बस्दा machine चलायर, फुर्सदमा अरुको मेला गएर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे , तेसैले घर खर्च चल्थ्यो, हजुरले पठायको सबै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो ,मेरो लागि सुन बहुमुल्य होइन सोनु, जुन दिन हामी एक भएका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साक्षि राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खाएका थियौं त्यो दिन हजुरबाट पाएको यो उपहार चाहे जे सुकैले बनेको होस मेरो लागि हिरा मोति भन्दा कम छैनन ।”

केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमती ले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन। आज सम्मको उस्को पीडा सबै एकैपलमा हराएको महसुस गर्छ । एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन।

kailashpost बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.