सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमरगढि नगरपालिकामा एकै पटक १०० घरका छाना मर्मत गरिदै

डडेल्धुरा । अमरगढि नगरपालिका भित्र रहेका १ सय वटा घरधुरिमा सुरक्षित छाना कार्यक्रम मार्फत घरको छाना फेरिने भएको छ । नगरप्रमुख बिशेश्वर प्रसाद ओझाको पहलमा राष्ट्रिय योजना अयोगका सदस्य माननिय सुशील भट्टको सहयोगमा आर्थिक रूपले पिछडिएका गरिब बिपन्न परिवारका छाना मर्मत गरि जस्ता पाताले छाइने बताइएको छ ।

सहरि बिकास मन्त्रालय सुरक्षित छाना कार्यक्रम अन्तर्गत सो कार्यक्रम यस बर्ष देखि लागू हुने भएको छ । गाउँमा बस्ने जनता जसले गरिबिका कारण घर मर्मत गर्न सकेका छैनन् र जसका भुसका छाना भएका घर छन उनिहरूनै यस कार्यक्रमबाट लाभाम्बित हुने भएकाले यसलाइ समाजबादको उच्चतम अभ्यासका रूपमा हेरिएको छ ।

Sana Kishan

मुलुकमा लामो संघर्ष पछि आएको परिवर्तनले जनताका अपेक्षा हरू निकै बढेका छन । सरकारले सुक्षित आवास, जनता आवास, लगायतका कार्यक्रम संचालनमा ल्याए संगै जनतामा उत्साहा थपिरहेको छ । अमरगढि नगरपालिका जिल्लाको सदरमुकामको नगरपालिका हो तर पनि यहाँको जनजिबन निकै गरिबिको चपेटामा छ । विकास र समृद्धिको यात्रा मा निरन्तर सबैको साथ र सहकार्य भए समाज समृद्ध हुन समय नलाग्ने र यसका निमित्त सवैमा ईच्छा सक्ति र केहि गरौंको भावना हुन आवश्यक रहेको नगरप्रमुख ओझाले बताउन भयो ।

World Link Ads
Mahakali Polytechnic

घरका छाना फेरीने भए पछि अहिले स्थानिय हर्शित भएका छन् । भुसको छाना तथा बर्षादको समयमा चुहिने छानामा बस्नु पर्ने बाध्यता हट्ने भएको छ । यसरी जनताका आवश्यकता र चाहना पुरा हुदै गए पछि अहिले गाँउमा नै सरकार भएको अनुभुति हुन थालेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.