सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपति भण्डारीको लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प…

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।

राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन्। राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन्।

Sana Kishan

शुक्रबार दिउसो ३ बजे फर्किएकी राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो।

World Link Ads
Mahakali Polytechnic

उक्त रेड कार्पेटमा राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प कार्पेटमा दौडिएको थियो । राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीको नजिक हुँदै सर्प रेड कार्पेटबाट विमानस्थलतर्फ गएको थियो।

Dirghayu Ads

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.