सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनकपुरमा पूर्व राजा ज्ञानेन्द्रले भने : मधेस होइन, तराई भन्नुस्

धनुषा – पूर्व राजा ज्ञानेन्द्र शाहले मधेसलाई तराई भन्न आग्रह गर्नुभएको छ । शुक्रबार दिउँसो जानकी मन्दिर दर्शन गर्न आउनु भएका पूर्व राजा ज्ञानेन्द्रले मधेसको अवस्था कस्तो लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, ‘मधेस होइन तराई भन्नुस् ।’

सञ्चारकर्मीको अर्को जिज्ञासामा उहाँले वर्तमान नेतृत्वप्रति नागरिक असन्तुष्ट रहेको सहजै बुझ्न सकिने बताउनुभयो । जानकी मन्दिरमा पूजाअर्चनापश्चात पूर्व राजा ज्ञानेन्द्रले देशमा शान्ति र नागरिकको भलो चाहेको प्रतिक्रिया दिनुभयो ।

Sana Kishan

जानकी मन्दिरमा पुगेपछि राप्रपाका नेता कार्यकर्ता तथा समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । उहाँलाई स्वागत गर्न सहभागीहरु फूलमाला र राजारानीको फोटोसमेत लिएर कुरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

आफ्नो पक्षमा माहोल बनाउन बुधबार जनकपुर आएका पूर्व राजा ज्ञानेन्द्र बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतका स्थानमा आफ्ना समर्थकसँगको भेटघाटमा व्यस्त हुनुहुन्थ्यो ।

Dirghayu Ads

उहाँ शनिबार उदयपुर पुगेर पुनः जनकपुर फर्केपछि आइतबार काठमाण्डौ फर्कने कार्यक्रम रहेको जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.