सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विप्लवको बन्द : प्रदेश पाँच र सुदुरपश्चिममा प्रभाव, अन्य प्रदेशको अवस्था यस्तो छ

काठमाडौं। । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभरी देखिएको छ। बन्दको प्रभाव राजधानीमा पनि देखिएको छ।

काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन्। अधिकांश शिक्षण संस्थाहरु पनि बन्द भएका छन्।
आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको थियो ।

देशैभर बन्दको सामान्य प्रभाव परेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले डिसीनेपाललाई बताए । उनले कैलाली, पश्चिम नवलपरासी र मकवानपुरमा केही सवारी साधानमा आगजनी तथा ढुंगामुढा गरिएको बताए । उनले पूर्व पश्चिम राजमार्गलाई केन्द्रित गरेर बन्दकर्ताहरुले गतिविधि गरेको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रवक्ता सुवेदीका अनुसार मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ। अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको हो ।

Dirghayu Ads

यस्तै कलालीमा बसमा आगजनी गरिएको छ भने पश्चिम नवलपरासीमा पनि एक ट्रकमाथि ढुंगामुढा गरिएको छ । प्रवक्ता सुवेदीले देशका सबै ठूला शहरहरुमा बन्दको प्रभाव नपरेको बताए । उनले पूर्व पश्चिम राजमार्गमा प्रहरीको सुरक्षामा सवारी साधानहरु चलाइएकोसमेत बताए ।

उनले प्रदेश नम्बर १ र २ मा बन्दको प्रभाव नगन्यअवस्थामा रहेको बताए । यस्तै तीन नम्बरको मकवानपुरमा एक ट्रकमाथि आगाजनी बाहेक अन्य सामान्य रहेको ४ नम्बर प्रदेशको पोखरामा विभिन्न शंकास्पद वस्तु फेला परेको तर, कुनै अप्रिय घटना नभएको बताए । उस्तै ४ नम्बर प्रदेशमा पनि बन्दको प्रभाव सामान्य छ ।

बन्दको सबैभन्दा धेरै प्रभाव ५ नम्बर र सुदुरपश्चिम प्रदेशमा परेको छ । कर्णाली प्रदेशमा लामो दुरीका सवारी साधान चलेको छैनन् भने अन्य अप्रिय घटना भएका छैनन् । समग्रमा देशमा बन्दको खासै प्रभाव नपरेको प्रवक्ता सुवेदीले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.