सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रीमानले शंका गर्दै आफ्नो फोन जाँच गरेपछि रिसाएकी प्रहरी श्रीमतीले गोली हानिदिइन्

रायपुर। छत्तीसगढको भाटापारामा कार्यरत महिला थानेदारले आफ्ना श्रीमानलाई गोली हानेकी छिन् । श्रीमतीले गोली हानेपछि उनका श्रीमान गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि रायपुरको अम्बेडकर अस्पतालमा भर्ना गरिएको छ । थानेदार सुनिता मिंज र उनका पति दीपक श्रीवास्तवको प्रेम विवाह भएको बताइएको छ । केही दिनदेखि उनीहरुबीच विवाद चलिरहेको थियो ।

Sana Kishan

सम्बन्धमा तनाब तब बढ्यो जब दीपकले सुनिताको फोन जाँच गरे । यो देखेर सुनिताको रिसको पारो चढ्यो र उनले थानाअगाडि नै दीपकलाई आफ्नो सरकारी पेस्तोल निकालेर तीन गोली हानिन् । घटनास्थलमा रहेका मानिसहरुले दीपकलाई तत्काल अस्पताल लिएर गए । पुलिसले सुनितालाई पक्राउ गरेर सिमगा अदालतमा पेश गरेको छ । जहाँबाट उनलाई रायपुर सेन्ट्रल जेल पठाइएको छ ।

सुनितालाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । दीपकले श्रीमती सुनिताको अरु कसैसँग सम्बनध भएको शंका गर्थे र पटक–पटक उनको फोन जाँच गरिरहन्थे । यही कुरामा रिसाएकी पत्नीले गोली हानेकी थिइन् । दिपक रेलवेको विद्युत विभागमा कायरत भएको बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.